फिल्म ‘यो मन त मेरो नेपाली हो’ को अष्टनारायणमा ५१ औँ दिन सेलिब्रेसन
सारांश
- फिल्म 'यो मन त मेरो नेपाली हो' ले बालाजुस्थित अष्टनारायण हलमा प्रदर्शनको ५१ औँ दिन मनायो।
- निर्माण टिमले कार्यक्रम गर्दै ५१ औँ दिनको सेलिब्रेशन मनायो, जसमा विशिष्ट व्यक्तिहरू सहभागी थिए।
- फिल्मका निर्माता रोशन श्रेष्ठले दर्शकलाई मायाको लागि आभार व्यक्त गरे, र फिल्म अमेरिकामा पनि प्रदर्शन भइरहेको छ।
काठमाडौँ । गत असार २७ बाट प्रदर्शनमा आएको फिल्म ‘यो मन त मेरो नेपाली हो’ को टिमले प्रदर्शनको ५१ औँ दिन सेलिब्रेसन गरेको छ । फिल्मले बालाजुस्थित अष्टनारायण हलमा प्रदर्शनको ५१ औँ दिन पार गर्न सफल भएको हो ।
निर्माण टिमले अष्टनारायण हलमै एक कार्यक्रम गर्दै ५१ औँ दिनको सेलिब्रेशन मनाएको हो । कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, कलाकार संघका अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष रवीन्द्र खड्का लगायत सहभागी कार्यक्रममा निर्माण टिमबाट कलाकार र प्राविधिकलाई मायाको चिनो प्रदान गरियो ।
कार्यक्रममा फिल्मका निर्माता तथा कलाकार रोशन श्रेष्ठले फिल्मलाई दर्शकले दिएको मायाप्रति आभार व्यक्त गरे । फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई, आयुषा समाल, बुद्धि तामाङ लगायतको अभिनय छ ।
पद्मा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुति रहेको फिल्मका निर्माता ज्ञानबहादुर प्रधान रोशन हुन् । मित्र प्रधानको कथा तथा निर्देशन रहेको फिल्म अमेरिकाका विभिन्न सहरमा पनि प्रदर्शन भइरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण