प्रतिनिधिसभाको भदौ महिनाको क्यालेन्डर तय
शुक्रबार, १३ भदौ २०८२, १३ : ०२
सारांश
- प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकले भदौ महिनाको क्यालेन्डर तय गरेको छ।
- सभामुख देवराज घिमिरेको अध्यक्षतामा बसेको बैठकमा क्यालेन्डरबारे छलफल भएको थियो।
- बैठकमा मुख्य पाँच राजनीतिक दलका प्रमुख सचेतकहरूको सहभागिता रहेको थियो।
काठमाडौँ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकले भदौ महिनाको क्यालेन्डर तय गरेको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा बसेको बैठकले भदौ महिनाको क्यालेन्डर तय गरेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।
बिहीबार सिंहदरवारस्थित सभामुख घिमिरेको कार्यकक्षमा क्यालेन्डरका विषयमा मुख्य पाँच राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल भएको थियो ।
सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सचेतक अनिसा नेपाली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियार सहभागी बैठकको सहमति अनुसार आजको कार्य व्यवस्था परामर्श समिति बैठकले क्यालेन्डर तय गरेको हो ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण