जग्गा मिचिएको भन्दै सडकमै तारबार
सारांश
- धादिङको धुनिबेसीमा सडक विभागले एक व्यक्तिको निजी जग्गामा मापदण्ड विपरीत पिच गरेको आरोप लागेको छ।
- न्यायको माग गर्दै पीडितले संघर्ष गरिरहेका छन्, जसमा राष्ट्रिय मुक्ति पार्टीले साथ दिएको छ।
- आन्दोलनकारीहरूले सडकमा तारबार लगाएर जनसुनुवाइ कार्यक्रम आयोजना गरेका छन् र सरकारसँग न्यायको माग गरेका छन्।
काठमाडौँ । धादिङ–धार्के सडकखण्डअन्तर्गत धुनिबेसी नगरपालिका–५, साविक केबलपुरस्थित एक नागरिकको निजी जग्गामा सडक विभागले लापरवाहीपूर्ण तरिकाले सडक पिच गरेको आरोप लागेको छ।
बिमला महर्जनको नाममा रहेको जग्गामा मापदण्ड विपरीत सडकमा पिच गरिएको भन्दै उनले न्यायको माग गर्दै संघर्ष गर्दै आएकी छन्।
यही क्रममा राष्ट्रिय मुक्ति पार्टी निकट नेवाः राष्ट्रिय परिषद्को अगुवाइमा सडकमा तारबार लगाएर जनसुनुवाइ कार्यक्रम आयोजना गरिएको छ। परिषद्का संयोजक तथा राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमीको अध्यक्षतामा आयोजित कार्यक्रममा आन्दोलनकारीहरूले सडक खनेर महर्जनको जग्गामा तारबार समेत लगाएका छन्।
कार्यक्रममा पार्टीका उपाध्यक्ष कौशलकुमार सिंह, प्रवक्ता रविन्द्रकुमार श्रेष्ठ, विकास बाबु श्रेष्ठ, विकास घिमिरेलगायतका नेताहरू सहभागी थिए। यस्तै हलिं नेवाः गुठीका संस्थापक शान्त प्रकाश श्रेष्ठ, विनोद महर्जनलगायतले सम्बोधन गर्दै पीडितलाई न्याय दिलाउन सरकारसँग माग गरेका छन्।
संयोजक सायमीले निजी जग्गा कब्जा गरेर सडक निर्माण गर्ने प्रवृत्ति तत्काल रोक्नुपर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण