संसदमा बहस गर्न रास्वपा सांसद सोविता गौतमलाई थिङको चुनौती
सारांश
- सांसद सुशीला थिङले सोभिता गौतमलाई संविधानबारे संसदमा बहस गर्न चुनौती दिइन्।
- थिङले गौतमको 'संविधानबारे ज्ञान नभएकाहरूले घमण्ड गर्छन्' भन्ने टिप्पणीको प्रतिवाद गरिन्।
- थिङले संसद बहिष्कारको सट्टा, संसदभित्रै छलफल गर्न र ज्ञानको परीक्षण गर्न आह्वान गरिन्।
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सुशीला थिङले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमलाई संविधानबारे संसदमै बहस गर्न चुनौती दिएकी छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै थिङले गौतमले केही दिनअघि चितवनमा गरेको टिप्पणीलाई लक्षित गर्दै यस्तो चुनौती दिएकी हुन्।
गौतमले कार्यक्रममा संविधानबारे ज्ञान नभएकाहरू विधायिका भनेर घमण्ड गर्ने गरेको अभिव्यक्ति दिएकी थिइन्। थिङले संसद्लाई बहिष्कार गरेर बाहिर जानु होइन, संसद्भित्रै छलफल गरेर कसलाई संविधानबारे कति ज्ञान छ भन्ने परीक्षण गर्नुपर्ने बताइन्।
उनले भनिन्, “यस संविधानमा संसद् बहिष्कार गरेर बाहिर जाने होइन, यहीँ बहस गरौँ, छलफल गरौँ, कसलाई कति ज्ञान रहेछ छिनोफानो गरौँ। सदनबाहिर गएर कराएर सांसदहरूको अपमान गर्ने अधिकार गौतमलाई कसले दियो?”
थिङले बैठक बहिष्कार गर्दै भत्ता बुझ्नेहरूले अरूलाई नैतिकताको पाठ सिकाउने कार्य सही नभएको दाबी पनि गरिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण