वास्तुदोष निवारण र स्वस्तिक
सारांश
- स्वस्तिकको अर्थ 'शुभ होस्' वा 'कल्याण होस्' भन्ने हुन्छ र यसलाई ब्रह्माण्डीय ऊर्जाको प्रतीक मानिन्छ।
- हिन्दू, बौद्ध र जैन धर्ममा महत्त्वपूर्ण मानिने स्वस्तिक वास्तुशास्त्रमा सकारात्मक ऊर्जा प्रवाहका लागि प्रयोग गरिन्छ।
- गलत दिशामा बनाइएको स्वस्तिकले नकारात्मक प्रभाव पार्न सक्ने र सही तरिकाले बनाउँदा धन, शान्ति र समृद्धिको प्रतीक मानिन्छ।
स्वस्ति न इन्द्रो वृद्धश्रवाः स्वस्ति नः पूषा विश्ववेदाः ।
स्वस्ति नस्ताक्ष्र्यो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु ।।
अर्थात् इन्द्रले हामीलाई विजय दिउन्, पूषाले (पालक देवता) सब ज्ञान दिउन् । गरुडध्वज सविता (सूर्य)ले हानि नहोस् । बृहस्पतिले मंगल र शुभ दिउन् ।
स्वस्तिक शब्द ‘सु’ (शुभ) र ‘अस्ति’ (हुन्छ) मिलेर बनेको छ । यसको अर्थ ‘शुभ होस्’ वा ‘कल्याण होस्’ भन्ने हुन्छ । स्वस्तिक चिह्न मात्र नभएर ब्रह्माण्डीय ऊर्जा, सूर्यको गति र चारै दिशाहरूको प्रतिरूप मानिन्छ ।
हिन्दु धर्मका साथै बौद्ध, जैन धर्ममा पनि यसलाई उत्तिकै महत्त्वका साथ प्रयोग गर्ने गरेको पाइन्छ । प्राचीनकालदेखि नै नेपाली संस्कृति र परम्परामा स्वस्तिक चिह्नलाई शुभ, पवित्र र कल्याणकारी मानिँदै आएको छ । वास्तुशास्त्रमा यसको प्रयोगले घर तथा कार्यस्थलमा सकारात्मक ऊर्जा प्रवाह गर्ने र नकारात्मकता हटाउने विश्वास गरिन्छ ।
स्वस्तिकलाई सकारात्मक ऊर्जाको स्रोत मानिन्छ । जहाँ यसको प्रयोग गरिन्छ, त्यहाँको वातावरणमा सकारात्मकता बढ्ने र नकारात्मकता कम हुने शास्त्रीय मान्यता छ । यो धन, समृद्धि, सुख र शान्तिको प्रतीक हो । घरमा यसको प्रयोगले आर्थिक उन्नति र पारिवारिक सद्भाव कायम हुने मान्यता छ ।
मानसिक शान्ति र सकारात्मक सोचका कारण यसले अप्रत्यक्ष रूपमा शारीरिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्छ । यसलाई भगवान् गणेश, सूर्य लगायत अन्य देवी–देवताको प्रतीकको रूपमा पनि हेरिन्छ । जसले दैवी सुरक्षा प्रदान गर्ने विश्वास छ ।
गलत दिशामा वा काटिएको स्वस्तिक बनाउँदा यसको सकारात्मक प्रभाव कम हुने वा नकारात्मक प्रभाव पर्न सक्ने वास्तुविद् बताउँछन् ।
वास्तुशास्त्रमा स्वस्तिकको प्रयोग अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । यसको उचित प्रयोगले घर वा कार्यस्थलमा रहेका वास्तुदोष निवारण गर्न र ऊर्जा सन्तुलन कायम राख्न मद्दत गर्छ । घर वा कार्यस्थलको मुख्य प्रवेशद्वारमा स्वस्तिक चिह्न बनाउँदा नकारात्मक ऊर्जाभित्र पस्न नपाउने र सकारात्मक ऊर्जाको प्रवाह सहज हुने विश्वास गरिन्छ । यसले बाहिरी नकारात्मक शक्तिबाट घरलाई सुरक्षित राख्छ ।
पूजाकोठा वा मन्दिरमा स्वस्तिक बनाउँदा आध्यात्मिक ऊर्जा बढ्छ र प्रार्थना अझ प्रभावकारी हुन्छ । धन राख्ने स्थान वा ईशान कोण (पूर्व–उत्तर कुनो) मा स्वस्तिक बनाउँदा धन–सम्पत्तिमा वृद्धि, मानसिक शान्ति र परिवारमा सुख–समृद्धि आउने विश्वास छ । भान्साकोठामा बनाइएको स्वस्तिकले अन्नको बर्कत र अध्ययन कक्षमा स्थापित स्वस्तिकले एकाग्रता बढ्ने मान्यता छ । वास्तुदोष भएको घर–कार्यालयमा सही विधिले स्वस्तिक बनाउँदा दोष कम हुने मान्यता छ ।
स्वस्तिकको निर्माण विधि सरल भए पनि यसको शुद्धतामा ध्यान दिनु आवश्यक छ । गलत दिशामा वा काटिएको स्वस्तिक बनाउँदा यसको सकारात्मक प्रभाव कम हुने वा नकारात्मक प्रभाव पर्न सक्ने वास्तुविद् बताउँछन् । स्वस्तिक दायाँतर्फबाट बनाउनुपर्छ । यसले सूर्यको गति र ब्रह्माण्डीय ऊर्जाको सकारात्मक प्रवाहलाई प्रतिनिधित्व गर्छ । सामान्यतया स्वस्तिक बनाउँदा नौवटा विन्दुको प्रयोग गरिन्छ । यी विन्दुहरूले ब्रह्माण्डका ऊर्जा केन्द्रहरूलाई दर्शाउँछन् । रातो सिन्दूर, बेसार, कुमकुम, गोबर वा गेरुले यसलाई बनाउनु शुभ मानिन्छ । आधुनिक समयमा स्टिकर वा धातुका स्वस्तिक पनि प्रयोग गरिन्छ । स्वस्तिकलाई सफा र पवित्र ठाउँमा बनाउनुपर्छ । यसलाई आँखाको स्तरमा वा सामान्यतया देखिने गरी बनाउनु उपयुक्त हुन्छ ।
वास्तुविद् तथा ज्योतिषीका अनुसार स्वस्तिक केवल एउटा चित्र होइन, यो एक शक्तिशाली ऊर्जा यन्त्र हो । यसको सही प्रयोगले घरको वातावरणलाई मात्र होइन, व्यक्ति विशेषको मनस्थिति र स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्छ । स्वस्तिक र वास्तुशास्त्रको सम्बन्ध केवल परम्परागत नभई गहिरो वैज्ञानिक र आध्यात्मिक आधारमा टिकेको छ ।
विष्णु पुराणमा भनिएको छ—
‘स्वस्तिर्मनुषेभ्यः उरुगायं जनाय च ।
शिवं च पशुभ्यः स्वस्तिं वृषभेभ्यः च ।।
अर्थात् मानव, जनसमुदाय, पशु र वृषभ सबैका लागि स्वस्ति (मंगल) होस् । यसको सही बुझाइ र प्रयोगले आधुनिक जीवनमा समेत सकारात्मक ऊर्जा र समृद्धिको मार्गप्रशस्त गर्न सक्छ । यस प्राचीन ज्ञानको विस्तृत अध्ययन र जनचेतना अझै आवश्यक देखिन्छ ।
(वास्तु विज्ञानका सञ्चालक एवं दक्षिण एसियाली ज्योतिष महासंघका महासचिव हुन् । सम्पर्क ९८५१०२३७६९ ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र' को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण