यस वर्षको भैरव पुरस्कार हाँस्य व्यङ्ग्यकार प्रधानलाई
सारांश
- भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कारहरूका विजेताहरूको नाम सार्वजनिक गरिएको छ।
- २०८२ सालको भैरव पुरस्कार भारतका कृष्ण प्रधानलाई प्रदान गरिनेछ, जसको पुरस्कार राशि रु एक लाख ११ हजार १११ रहेको छ।
- भैरव वाङ्मय पुरस्कार हरिप्रसाद शर्मा र भैरव प्रतिभा पुरस्कार विवश पोखरेललाई प्रदान गरिने भएको छ।
काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताको नाम भैरव पुरस्कार गुठीले शुक्रबार सार्वजनिक गरेको छ ।
भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकले पुरस्कार प्राप्तकर्ताको नाम अनुमोदन गरेको हो । जसअनुसार २०८२ सालको भैरव पुरस्कार भारत–सिलगुढी निवासी वरिष्ठ हाँस्य व्यङ्ग्यकार कृष्ण प्रधानलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि रु एक लाख ११ हजार १११ रहेको छ । भैरव पुरस्कार पहिलो पटक नेपाल बाहिरका स्रष्टालाई समर्पण गर्न लागिएको हो ।
त्यस्तै रु एक लाख एक हजार १११ राशिको भैरव वाङ्मय पुरस्कार वरिष्ठ चित्र कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिने गुठीले जनाएको छ । रु ५१ हजार १११ राशिको भैरव प्रतिभा पुरस्कार विराटनगर मोरङका विवश पोखरेललाई प्रदान गरिने भएको छ । पुरस्कार प्राप्तकर्ताको नाम छनौट गर्न गुठीले साहित्यकार वसन्त रिजालको संयोजकत्वमा साहित्यकारद्वय नरेन्द्रराज पौडेल र प्रल्हाद पोखरेल सदस्य रहेको चयन समिति गठन गरेको थियो ।
आउँदो असोज तीन गते राजधानीको गोकर्णेश्वर–५स्थित भैरव स्मृति भवनमा एक कार्यक्रम गरी घोषित पुरस्कार वितरण गरिनेछ । सोही दिन गुठीको साधारणसभा पनि आयोजना गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
बेलायती प्रधानमन्त्रीले राजीनामा दिने चर्चा
-
बाँदरकै बारेमा विद्यावारिधि गरेका विज्ञलाई प्रश्न– नेपालमा बाँदर नियन्त्रणका लागि के गर्न सकिन्छ ?
-
इजरायली आक्रमणमा अल जजिराका क्यामेरा म्यानसहित ६ जनाको मृत्यु
-
ट्युनिसियाविरुद्ध जापानको सानदार जित
-
रास्वपा महाधिवेशनमा आउन थाले नेता कार्यकर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण