सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम

शनिबार, १४ भदौ २०८२, १० : ४४
शनिबार, १४ भदौ २०८२

सारांश

  • हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।
  • गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
  • शनिबार दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक लगायतका जिल्लाहरूमा बाढीको मध्यम जोखिमको सम्भावना छ।

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। देशभर साधारणतया मौसम बदली रहेको छ। गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तहभन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार आज दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, डडेलधुरा, डोटी, बर्दिया, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ ।

साथै इलाम, झापा, सुनसरी, मोरङ, सङ्खुवासभा, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ, नुवाकोट, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा, गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान, दाङ, जाजरकोट, कालिकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ ।

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप