लामो समय मोबाइल चलाउने बानीले युवकलाई पक्षाघात
सारांश
- १९ वर्षीय विद्यार्थी लामो समय मोबाइल चलाउँदा स्वास्थ्य समस्यामा परे, जसले गर्दा उनको मेरुदण्डमा रगत जमेको थियो।
- उनलाई सुरुमा घाँटी, हात र खुट्टा सुन्निने समस्या देखिएको थियो, तर पछि खुट्टा संवेदनाविहीन भएर हिँड्न नसक्ने अवस्थामा पुगे।
- शल्यक्रियापछि उनको स्वास्थ्यमा सुधार आएको छ र पूर्ण निको हुने आशा गरिएको छ, तर विज्ञहरूले लामो समय टाउको झुकाएर बस्दा स्वास्थ्य समस्या आउन सक्ने बताएका छन्।
फुजियान । चीनको फुजियान प्रान्त क्वान्जाउस्थित विश्वविद्यालयमा अध्ययनरत १९ वर्षीय सियाओ डोङ लामो समय टाउको झुकाएर मोबाइल चलाउने बानीका कारण गम्भीर स्वास्थ्य समस्यामा परेका छन्।
गर्मी बिदामा होटलमा भाँडा माझ्ने र टेबल पुछ्ने काम गर्दा घण्टौँसम्म टाउको झुकाइरहनु परेको र फुर्सदमा पनि मोबाइलमा गेम खेल्ने वा सामाजिक सञ्जाल हेर्ने बानीले उनको मेरुदण्ड नजिकैको रगतको नलीमा दबाब बढेको चिकित्सकले बताए।
पहिलो चरणमा घाँटी, हात र खुट्टा सुन्निने समस्या देखिए पनि गत जुलाई ३० मा उनी निद्राबाट उठ्दा खुट्टा पूरै संवेदनाविहीन भई हिँडडुल गर्नै नसक्ने अवस्थामा पुगे। अस्पताल लगेपछि चिकित्सकहरूले उनको मेरुदण्डको सी४-टी१ खण्डमा रगत जमेको (ब्लड क्लट) फेला पारे, जसले स्नायुमा दबाब दिँदा छातीदेखि तल शरीर लगभग पूर्ण रूपमा पक्षाघात भएको थियो।
आपत्कालीन शल्यक्रिया गरेर ब्लड क्लट हटाइएपछि स्थायी पक्षाघात टारिएको छ। हाल उनी खुट्टामा बिस्तारै नियन्त्रण फर्काउँदै छन् र पूर्ण निको हुने आशा गरिएको छ।
स्वास्थ्य विज्ञहरूका अनुसार लामो समय टाउको झुकाएर बस्दा रगतको सञ्चार अवरुद्ध भई नसा सुन्निने, टाउको दुख्ने, थकान बढ्ने जस्ता समस्या देखिन सक्छन्। चरम अवस्थामा यसले रगतका नली र स्नायु प्रणालीमै असर पुर्याई मस्तिष्कघात वा पक्षाघातजस्ता गम्भीर अवस्था निम्त्याउन सक्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण