गृहमन्त्री लेखकले गरे हैजा सङ्क्रमित बिरामीहरूसँग भेटघाट
सारांश
- गृहमन्त्री रमेश लेखकले पर्सा जिल्लामा हैजाबाट प्रभावित बिरामीहरूसँग भेटघाट गरेका छन्।
- उनले बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिए र सरकारले हैजा नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरे।
- पर्सामा १५९ जनामा हैजा पुष्टि भएकोमा ११२ जना निको भइसकेका छन्, र ४७ जना उपचाररत छन्।
वीरगन्ज । गृहमन्त्री रमेश लेखकले पर्सा जिल्लामा फैलिएको हैजा महामारीको चपेटामा परेका बिरामीहरूसँग आज भेटघाट गरेका छन् । शनिबार वीरगन्ज पुगे लगत्तै नारायणी अस्पतालको निरीक्षण गरेका गृहमन्त्री लेखकले आज बिहान निजी अस्पताल पुगेर बिरामीलाई भेटेका हुन ।
जिल्लाको वीरगन्ज हेल्थ केयर र तराई अस्पतालमा उपचाररत रहेका हैजा सङ्क्रमित बिरामीहरूसँग उनी भेटघाट गरेका छन् । त्यसक्रममा उनले बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । भेटघाटका क्रममा गृहमन्त्री लेखकले सरकारले हैजा नियन्त्रणका लागि सबै उपायहरू अवलम्बन गरिने बताए ।
गृहमन्त्रीसँगै कानुन मन्त्री अजयकुमार चौरसिया पनि अस्पताल पुगेका थिए । पर्सामा १५९ जनामा हैजा पुष्टि भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये ११२ जना निको भएर घर फर्किसकेको जनस्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरले बताए ।
उनका अनुसार अहिले वीरगन्जका विभिन्न अस्पतालमा ४७ जना हैजा सङ्क्रमित बिरामीहरू उपचाररत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण