चीनमा भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रपति सी जिनपिङबिच वार्ता सुरु
सारांश
- प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच तियानजिनमा द्विपक्षीय भेटवार्ता सुरु भयो।
- यो भेटवार्ता अमेरिकी ट्यारिफ नीतिका कारण भारतले सामना गरिरहेको चुनौतीको समयमा भएको हो।
- गत वर्ष चीन र भारतको द्विपक्षीय व्यापार १ खर्ब २७ अर्ब ७० करोड डलरको थियो।
बेइजिङ । चीनको तियानजिनमा प्रधानमन्त्री भारतीय नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच द्विपक्षीय भेटवार्ता सुरु भएको छ । मोदी शनिबार नै तियानजिन पुगिसकेका छन् । २०१८ पछि प्रधानमन्त्री मोदीको यो पहिलो चीन भ्रमण हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिका कारण भारतले ठुलो चुनौतीको सामना गरिरहेको समयमा दुई नेताबिचको यो भेटवार्ता भइरहेको छ । चीनसँगको सम्बन्धमा आएको सुधारलाई भारतको अमेरिकासँगको बिग्रँदै गएको सम्बन्धसँग पनि जोडिएको छ ।
विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, मोदीले शिखर सम्मेलनको क्रममा धेरै देशका नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । मोदी र चिनियाँ राष्ट्रपतिको अन्तिम भेटवार्ता गत वर्ष अक्टोबरमा रुसमा भएको थियो । गत वर्ष चीनसँग भारतको द्विपक्षीय व्यापार लगभग १ खर्ब २७ अर्ब ७० करोड डलर थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण