अन्तिम खेलमा भुटानलाई हराउने नेपालको लक्ष्य
आइतबार, १५ भदौ २०८२, ११ : २६
सारांश
- नेपालले साफ यू-१७ महिला च्याम्पियनसिपको अन्तिम खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।
- खेल थिम्पुस्थित चाम्लिमिथाङ रङ्गशालामा साँझ ५:४५ बजे सुरु हुनेछ ।
- प्रतियोगितामा दुवै टोली उपाधि होडबाट बाहिरिएका छन्, तर नेपालले पहिलो लेगमा जित हासिल गरेको थियो।
काठमाडौँ । साफ यू–१७ महिला च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज (आइतबार) भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।
आज हुने अन्तिम खेलमा नेपाल जित निकाल्दै प्रतियोगिताको अन्त्य गर्ने योजनाको हुनेछ । दुई टोलीबिचको खेल थिम्पुस्थित चाम्लिमिथाङ रङ्गशालामा साँझ ५ः४५ बजे सुरु हुनेछ ।
प्रतियोगितामा कमजोर बनेका दुबै टोली प्रतियोगिताको उपाधि होडबाट बाहिरिसकेका छन् ।
पहिलो लेगमा नेपालले २–१ गोलको पुनरागमन जित निकालेको थियो । प्रतियोगितामा नेपालको यो एकमात्र जित हो ।
यता भुटानले भने बङ्गलादेशलाई १–१ गोलको बराबरीमा रोकेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण