मोदी र सीबिच ५० मिनेट कुराकानी
सारांश
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ, जसमा दुई देशबीचको सम्बन्ध सुधारबारे छलफल भयो।
- भेटमा सीमा विवाद कम गर्ने, कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्ने र दुई देशबीचको सहकार्यलाई अगाडि बढाउने विषयमा सहमति भयो।
- मोदीले एससीओ बैठकमा भाग लिनेछन् र रुसी राष्ट्रपति पुटिनसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
तियानजिन । सात वर्षपछि चीन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् । दुई जनाबिच ५० मिनेट कुराकानी भएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार कुराकानीको क्रममा मोदीले भने, ‘गत वर्ष कजानमा हामीले धेरै उपयोगी छलफल गरेका थियौँ, जसले हाम्रो सम्बन्धमा सुधार ल्यायो। सीमाबाट सेना फिर्ता भएपछि शान्ति र स्थिरताको वातावरण सिर्जना भएको छ। विशेष प्रतिनिधिहरू सीमा मुद्दामा सहमतिमा पुगेका छन्। कैलाश मानसरोवर यात्रा पुनः सुरु भएको छ र दुई देशहरू बिच सिधा उडानहरू पनि पुनः सुरु भइरहेको छ।’
साथै, मोदीले भारत र चीनबिचको सहकार्यले २.८ अर्ब जनतालाई फाइदा पुग्ने र यसले सम्पूर्ण मानवताको कल्याणको बाटो खोल्ने पनि बताए।
भेटपछि राष्ट्रपति सीले प्रधानमन्त्री मोदीलाई भेट्न पाउँदा खुसी लागेको बताए। चिनियाँ राष्ट्रपतिले भारत र चीन एकसाथ आउनु महत्त्वपूर्ण भएको बताए।
दुई नेताले पारस्परिक विश्वास र सम्मानको आधारमा सम्बन्धलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
जापानको २ दिने भ्रमणपछि मोदी शनिबार साँझ चीन पुगेका थिए। जुन २०२० मा भएको गलवान झडपपछि भारत-चीन सम्बन्ध बिग्रिएको थियो। यो भ्रमणको उद्देश्य दुई देशबीचको सीमा विवाद कम गर्नु पनि हो।
मोदी आज तियानजिन सहरमा आयोजना हुने सांघाई सहयोग संगठन (एससीओ) को बैठकमा भाग लिनेछन्। यस पटक इतिहासकै सबैभन्दा ठुलो एससीओ शिखर सम्मेलन चीनमा आयोजना हुँदैछ।
यसमा २० भन्दा बढी देशहरू सहभागी छन्। मोदी र पुटिनसँगै मध्य एसिया, मध्य पूर्व, दक्षिण एसिया र दक्षिण-पूर्वी एसियाका नेताहरू पनि यस शिखर सम्मेलनमा भाग लिनेछन्। प्रधानमन्त्री मोदीले सोमबार रुसी राष्ट्रपति पुटिनसँग भेटवार्ता गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण