विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला
आइतबार, १५ भदौ २०८२, १३ : ३४
सारांश
- प्रहरीका अनुसार देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा ४ जना मृत फेला परेका छन्।
- दाङ, सल्यान, नवलपरासी पश्चिम र पाँचथरमा एक-एक जनाको शव फेला परेको हो।
- प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- दाङ, तुलसीपुर उपमहानगरपालिका-१५ कोठरी बस्ने ४८ वर्षीय लंक बहादुर घर्तिमगर सोही उपमहानगरपालिका-१८ मानपुरस्थित पानी ट्याङ्कीमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- सल्यान, सिद्ध कुमाख गाउँपालिका-१ कुकुरेखोर बस्ने ४५ वर्षीया भिमी बुढाथोकी सोही गाउँपालिका-१ पटारेमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
- नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-२ छिवनीस्थित भारतीय गण्डक नहरको फलामे पुल नजिक बाटोको छेउको झाडीमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी २७ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
- पाँचथर, हिलिहाङ गाउँपालिका-२ निगुरेपुलस्थित काबेली खोलामा याङवरक गाउँपालिका-५ याङसिङबुङ बस्ने ५५ वर्षीय जित बहादुर दर्जी शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण