बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
बैठक

रेशमविना सुरु भयो रञ्जिताले बोलाएको बैठक, तस्बिरहरू

आइतबार, १५ भदौ २०८२, १३ : ५४
आइतबार, १५ भदौ २०८२

सारांश

  • नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आइतबार सुरु भयो, तर संरक्षक रेशम चौधरी सहभागी भएनन्।
  • अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरीलाई बैठकमा निम्ता नगरेको र निर्वाचन आयोगमा नाम नभएका कारण नबोलाएको बताइएको छ।
  • बैठकमा विधान संशोधन, उपनिर्वाचन र केन्द्रीय समितिमा मनोनयन लगायतका विषयमा छलफल हुनेछ।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आइतबार सुरु भएको छ । तर, अध्यक्ष रञ्जिता श्रेष्ठले बोलाएको बैठकमा सो पार्टीका संरक्षक रेशम चौधरी भने सहभागी छैनन् । 

nagarik unmukti cc meeting (1)

बैठकका लागि अध्यक्ष श्रेष्ठले चौधरीलाई निम्ता नै नदिएकी हुन् । यो बैठकमा पार्टी गठन गर्ने बेला निर्वाचन आयोगमा नाम पठाइएका २१ जना केन्द्रीय सदस्यहरू सहभागी छन् । रेशम चौधरी संस्थापक भए पनि उनको नाम निर्वाचन आयोगमा छैन । त्यही भएर उनलाई नबोलाएको सो पार्टीका एक नेताले बताए । 

nagarik unmukti cc meeting (2)

ती नेताले भने, ‘आजको बैठक निर्वाचन आयोगमा ज–जसको नाम गएको छ, उनीहरूको बैठक हो । आयोगमा रेशम चौधरीको नाम गएको छैन, सायद त्यही भएर उहाँलाई बोलाइएको छैन ।’ 

nagarik unmukti cc meeting (3)

रेशम चौधरीलाई नबोलाए पनि अध्यक्ष श्रेष्ठले सङ्घीय सांसद, प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुखहरूलाई पनि बैठकमा बोलाएकी छिन् । 

nagarik unmukti cc meeting (4)

संरक्षक चौधरी र अध्यक्ष श्रेष्ठबिच अहिले विवाद चलिरहेको छ । केही समयअघि चौधरीले राष्ट्रिय भेला बोलाएर अध्यक्ष श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी अध्यक्ष पदबाट हटाएका थिए । उनको ठाउँमा लालवीर चौधरीलाई अध्यक्ष बनाइएको थियो । 

nagarik unmukti cc meeting (5)

तर निर्वाचन आयोगले लालवीर चौधरीलाई अध्यक्षमा मान्यता दिएन । जसले गर्दा रञ्जिता श्रेष्ठ नै अहिले अध्यक्षमा कायम भएकी छन् । 

nagarik unmukti cc meeting (6)

अध्यक्षमा कायम भएपछि श्रेष्ठले बोलाएको यो पहिलो बैठक हो ।  दुई दिनसम्म चल्ने बैठकमा विधान संशोधन, रुपन्देही–३ मा हुने उपनिर्वाचनलगायतको विषयमा छलफल हुने बताइएको छ । 

nagarik unmukti cc meeting (7)

साथै केन्द्रीय समितिमा केही व्यक्तिलाई मनोनयन गरिए पनि निर्वाचन आयोगमा अद्यावधिक गराइएको छैन । त्यसको बारे पनि छलफल हुने बताइएको छ । 

nagarik unmukti cc meeting (8)nagarik unmukti cc meeting (9)nagarik unmukti cc meeting (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप