राष्ट्रकविका नाममा २७ लाखको अक्षयकोष
आइतबार, १५ भदौ २०८२, १३ : ५१
सारांश
- राष्टकवि माधवप्रसाद घिमिरेको नाममा रु २७ लाखको अक्षयकोष स्थापना भएको छ।
- अक्षयकोषका लागि राष्ट्रकविकी धर्मपत्नी महाकाली घिमिरेले रु १६ लाख प्रदान गरेकी हुन्।
- असोज ७ गते एक जना साहित्यकारलाई रु एक लाख नगद पुरस्कार प्रदान गरिनेछ।
काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित पुरस्कार नियमित रूपमा प्रदान गर्ने उद्देश्यले रु २७ लाखको अक्षयकोष स्थापना भएको छ । मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेको अध्यक्षतामा शनिबार साँझ भएको बैठकले उक्त निर्णय गरेको हो ।
अक्षयकोषका लागि राष्ट्रकविकी धर्मपत्नी महाकाली घिमिरेले रु १६ लाख र परिवारका अन्य सदस्यले उक्त रकम प्रदान गरेका हुन् । प्रत्येक वर्ष राष्ट्रकविको जन्मजयन्तीको अवसर पारेर असोज ७ गते एक जना साहित्यकारलाई रु एक लाख नगद पुरस्कार प्रदान गरिने प्रतिष्ठानका कोषाध्यक्ष लक्ष्मण थापाले जानकारी दिए ।
यसअघि कोषमा रु १६ लाख मौज्दात थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
बेलायती प्रधानमन्त्रीले राजीनामा दिने चर्चा
-
बाँदरकै बारेमा विद्यावारिधि गरेका विज्ञलाई प्रश्न– नेपालमा बाँदर नियन्त्रणका लागि के गर्न सकिन्छ ?
-
इजरायली आक्रमणमा अल जजिराका क्यामेरा म्यानसहित ६ जनाको मृत्यु
-
ट्युनिसियाविरुद्ध जापानको सानदार जित
-
रास्वपा महाधिवेशनमा आउन थाले नेता कार्यकर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण