शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
बारामा विद्या

बारामा के गर्दैछिन् विद्या ?

आइतबार, १५ भदौ २०८२, १७ : २७
आइतबार, १५ भदौ २०८२

सारांश

  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी हाल बारा र पर्साको तीन दिने भ्रमणमा छिन्।
  • उनले गढीमाई मन्दिरको दर्शन गरिन् र मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा भाग लिइन्।
  • भण्डारीले आफू एमालेको सदस्य रहेको र पार्टीको हितमा काम गर्ने बताइन्।

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी यतिवेला बारा र पर्साको तीन दिने भ्रमणमा छिन् ।

शनिबार पर्साको वीरगञ्जमा महिला र उद्यमी व्यवसायीहरूको कार्यक्रममा सहभागी भएर आइतबार उनी बारा पुगेकी हुन् । 

आइतबार बिहान बाराको गढीमाई मन्दिर दर्शन गरेकी भण्डारीले दिउँसो मदन भण्डारी फाउन्डेसन बारा शाखाले आयोजना गरेको सम्मान कार्यक्रममा सहभागी भइन् । 

Capture

त्यसपछि स्थानीय एमाले नेता कार्यकर्तासँग भलाकुसारी गरेकी उनी आइतबार सिमरामै बस्नेछिन् । फाउन्डेसनको कार्यक्रमपछि स्थानीय पत्रकारले उनको सदस्यताबारे जिज्ञासा राख्दा आफू एमालेकै सदस्य भएको भन्दै एमालेको हितका लागि काम गर्ने बताइन् । 

‘मैले एमालेको सदस्यता नवीकरण गरेकी छु । एमालेको सदस्यका रूपमा पार्टीको हितमा काम गर्छु पार्टीले पनि मलाई सोही रूपमा बुझ्नेछ’, भण्डारीको भनाई उद्धृत गर्दै एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले भने, ‘अरू कुरा मलाई सूचना आएको छैन र औपचारिक जानकारी पाएको छैन ।’

b

पौडेलले बारामा रहँदा भण्डारीले आधारभूत तहका जनता र एमाले कार्यकर्ताका कुरा सुन्ने काम गरेको बताए । नेता पौडेलका अनुसार भण्डारी सोमबार काठमाडौँ फर्कनेछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप