साफ यु–१७ महिला च्याम्पियनसिप : भुटानसँग बराबरी खेल्दै नेपाल तेस्रो
आइतबार, १५ भदौ २०८२, २० : ०१
काठमाडौँ । नेपालले भुटानसँग बराबरी खेल्दै साफ यू–१७ महिला च्याम्पियनसिप टुंगाएको छ ।
भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा आइतबार सम्पन्न अन्तिम खेलमा नेपालले घरेलु टोलीसँग १–१ को बराबरी खेलेको हो ।
खेलमा लिएको सुरुआती अग्रता जोगाउन नसक्दा नेपाल बराबरी गर्न बाध्य भयो । योसँगै नेपाल प्रतियोगितामा तेस्रो भएको छ । यस प्रतियोगिताको उपाधि भारतले जितेको छ । भारतले एक खेल अगावै नेपाललाई ५-० ले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो ।
नेपालले ६ खेलमा एउटा मात्र जित निकाल्न सक्यो, उक्त जित भुटानसँगको २–१ को थियो । सोही जितले नै नेपाललाई तेस्रो बनाएको हो । नेपालले ६ खेलमा ४ अंक जोड्यो । नेपालले उपाधि विजेता भारतसँग ७–० र ५–० को हार बेहोरेको थियो । बंगलादेशसँग पनि ३–० र ४–१ को नतिजा निकालेको थियो । भुटान भने २ अंकसहित पुछारमा रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण