ग्लोबल रिच फुटसलको उपाधि सेन्ट जेभियर्सलाई
सारांश
- ग्लोबल रिचले आयोजना गरेको ए लेभल फुटसल प्रतियोगिता सेन्ट जेभियर्स कलेजले जित्यो।
- फाइनलमा सेन्ट जेभियर्सले प्रिमियर इन्टरनेशनललाई पेनाल्टीमा ४-३ गोलले हरायो, खेल १-१ को बराबरीमा टुंगिएको थियो।
- प्रतियोगितामा उत्कृष्ट खेलाडी आदित्य गैरे, सर्वाधिक गोलकर्ता श्यामिर श्रेष्ठ, र उत्कृष्ट प्रशिक्षक वेदान्त सिंह ठकुरी घोषित भए।
काठमाडौँ । ग्लोबल रिचले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तर विद्यालय ए लेभल फुटसल प्रतियोगिताको उपाधि सेन्ट जेभियर्स् कलेजले जितेको छ ।
धुकु फुटसलमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा सेन्ट जेभियर्सले प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कूलर्ला पेनाल्टी शुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्यो ।
निर्धारित ४० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । प्रतियोगितामा उपत्यकाका १६ कलेजको सहभागिता थियो । ग्लोबल रिचले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यो प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी विजेता सेन्ट जेभिर्यस्का आदित्य गैरे भए । त्यस्तै सर्वाधिक गोलकर्ताको उपाधि उपविजेता प्रिमियमका श्यामिर श्रेष्ठ, उत्कृष्ट गोलरक्षक पनि प्रिमियमकै रिलिश न्यौपाने घोषित हुँदा सर्वोत्कृष्ट प्रशिक्षक सेन्ट जेभियर्स्का वेदान्त सिंह ठकुरी भए । फाइनल खेलको म्यान अफ दी म्याच सेन्ट जेभियर्स्का सन्जोग राई घोषित भए । रातो बंगला स्कूलले फेयर प्ले अवार्ड जित्यो ।
प्रतियोगितालाई अष्ट्रेलियाका युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी, बैंकक युनिभर्सिटी, कर्टिन युनिभर्सिटी, युनिभर्सिटी अफ क्यानबेरा, म्याक्वेर युनिभर्सिटी र अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीको सहप्रयोजन गरेको थियो ।
विजेतालाई नेपाली राष्ट्रिय महिला टोलीकी फर्वाड रेखा पौडेलले पुरस्कार वितरण गरेकी थिइन् । समापन कार्यक्रममा ग्लोबल रिचका प्रतिनिधिले विद्यार्थीहरूले देखाएको ऊर्जा र फुटसल प्रेमका कारण आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए । खेल केवल प्रतियोगिता जित्नका लागि मात्र नभई व्यक्तित्व विकास र सामूहिक भावना वृद्धि गर्ने माध्यम पनि भएकाले प्रतियोगिता आगामी दिनमा अझ बृहत् गरिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण