फाइल सातदिन भित्र टुङ्गो लगाउन मुख्यमन्त्री कार्कीको निर्देशन
सारांश
- मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सात दिनभित्र मन्त्रालयका फाइल टुङ्गो लगाउन निर्देशन दिए।
- उनले बेरुजु फर्छ्यौट र सुशासनलाई प्राथमिकतामा राख्न तथा गुनासो सुनुवाइलाई प्रभावकारी बनाउन निर्देशन दिए।
- कोशी प्रदेश सरकारले आर्थिक समृद्धिका लागि सुरु गरेका परियोजनालाई प्राथमिकता दिन आग्रह गरे।
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका हरेक मन्त्रालयमा पुग्ने फाइल सात दिनभित्र टुङ्गो लगाउन निर्देशन दिएका छन् ।
कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा कार्यक्रमलाई आइतबार निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले अबदेखि सात दिनभित्र मन्त्रालयमा पुगेका राय, परामर्श र अन्य सबै खाले फाइल टुङ्गो लगाउन निर्देशन दिए । उनले सात दिनभित्र फाइल किनारा लगाउन नसक्ने भए के कारणले लागेन भन्ने कारणसहित सम्बन्धित निकायलाई जानकारी दिनुपर्ने बताए । उनले भने, “फाइल अड्काउने प्रवृत्ति राम्रो होइन, यसमा सुधार होस् ।”
मुख्यमन्त्री कार्कीले बेरुजु फर्छ्यौटमा पनि कडा रूपमा प्रस्तुत हुन निर्देशन दिए । उनले लिखित रूपमा बेरुजु फर्छ्यौटका लागि अनुरोध गर्ने त्यसो नभए कानुनी प्रक्रिया अपनाएर अगाडि बढ्नुपर्ने बताए । नीतिगत बेरुजु र असुलउपर गर्नुपर्ने बेरुजु छुट्याएर पुस मसान्तभित्र किनारा लगाउन उनले कर्मचारीलाई निर्देशन दिए । सुशासनलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्दै मुख्यमन्त्री कार्कीले नीतिगत र प्रशासनिक कामलाई छिटो र छरितो बनाउनुपर्ने बताए । उनले गुनासो सुनवाइ शतप्रतिशत र प्रशासनिक कामलाई जनताले देखिने गरी छिटोछरितो ढङ्गले टुङ्ग्याउन निर्देशन दिए।
कोशी प्रदेश सरकारले प्रदेशको आर्थिक समृद्धिका लागि सुरु गरेको उदय परियोजना, ब्याज अनुदान कार्यक्रम, पर्यटन वर्ष, पदमार्गमा आधारित पर्यटन विकास र लगानी सम्मेलनमार्फत आएका परियोजनाहरूलाई प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई आग्रह गरे । उनले भने, “प्रदेशले अगाडि बढाएका महत्त्वपूर्ण योजनाहरूलाई प्राथमिकता दिएर काम गर्नुहोस् ।”
कोशी प्रदेश सरकारका प्रमुख सचिव चन्द्रकला पौडेलले बेरुजु फर्छ्यौट र ‘ओएनएम सर्वे’का काम साथै राजस्व कानुनलगायत विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । नीति तथा कार्यक्रम समीक्षामा प्रदेश सरकारका मन्त्री, सचिव र मन्त्रालयका महाशाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण