पहिरोका कारण अवरुद्ध कोदारी सडक भोलि बेलुकासम्म खुल्छ : सडक विभाग
सारांश
- कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ, जसले गर्दा यातायात प्रभावित भएको छ।
- सडक विभागले मंगलबार बेलुकासम्म सडक खुलाउने लक्ष्यका साथ काम गरिरहेको जनाएको छ।
- अवरुद्ध सडकका कारण तातोपानी नाका हुँदै आउने १५ सय कन्टेनर रोकिएका छन्।
काठमाडौँ । अरनिको राजमार्ग अन्तर्गत कोदारीमा पहिरो जाँदा अवरुद्ध बनेको सडक मंगलबार बेलुकासम्ममा खुल्ने सडक विभागले जनाएको छ । सडक डिभिजन चरिकोटले अवरोध हटाउने कार्य तीव्र गतिमा गरिरहेको विभागले जनाएको हो ।
‘सडक डिभिजन चरिकोटको टोली कोदारीतर्फ अघि बढ्दै अवरोध हटाउने कार्य गरिरहेको छ र घट्टेखोला क्षेत्रमा मलबा (सडकमा खसेका ढुंगामाटो) सफा गर्ने कार्य प्रारम्भ भइसकेको छ,’ विभागले भनेको छ, ‘भोलि बेलुकासम्म सडक सुचारु गर्ने गरी कार्य अघि बढाई रहेको छ ।’
गत साउन १८ गतेदेखि अवरुद्ध भएको यो सडक मर्मत पछि भदौ ५ गतेदेखि चालु भएको थियो । फेरि अविरल परेको वर्षाका कारण भदौ ८ गते यता पूर्ण रूपमा अवरुद्ध बनेको छ ।
जसकारण अहिले तातोपानी नाका हुँदै आउने वस्तु बोकेका करिब १५ सय कन्टेनर रोकिएका छन् ।
कुहिने फलफूललगायतका वस्तु भरियाको सहायताबाट आयात गरिरहेको व्यवसायीहरूले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण