राजेश हमाल र पोखराका मेयर आचार्यको टिमबिच मैत्रीपूर्ण भलिबल हुने
सारांश
- राजेश हमाल र पोखराका मेयर धनराज आचार्यको टोलीबीच मैत्रीपूर्ण खेल हुने भएको छ।
- खेल भलिबल लिगको पूर्वसन्ध्यामा पोखराको कभर्डहलमा आयोजना हुनेछ, जसमा दुवै टोलीमा १२ खेलाडी हुनेछन्।
- भलिबल लिग भदौ २० गतेदेखि २८ गतेसम्म पोखराको बहुउद्देश्यीय कभर्ड हलमा हुँदैछ।
काठमाडौँ । महानायक राजेश हमाल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको टोलीबिच मैत्रीपूर्ण खेल हुने भएको छ । वात्सल्य एभरेस्ट महिला भलिबल लिगको आयोजनामा हुने प्रतियोगिताको पूर्वसन्ध्यामा उनीहरूबिच प्रतिस्पर्धा हुने भएको हो ।
भलिबल लिगको पूर्व सन्ध्यामा अर्थात १९ गते (सेप्टेम्बर ४) मा दुई जनाले छुट्टाछुट्टै टोली बनाउने र पोखराको कभर्डहलमा एक खेल हुने आयोजकले जानकारी दिएको छ । प्रत्येक टिममा १२ खेलाडी रहनेछन्, जसमा फ्रेन्चाइज टिमका टिम एम्बासेडर, प्रमुख खेलाडी, विदेशी खेलाडी, पोखरा आधारित स्थानीय इन्फ्लुएन्सरहरू र पोखरामा भलिबलसँग सम्बन्धित व्यक्तिहरू समावेश हुनेछन् ।
कलाकारहरू आना शर्मा, सनिषा भट्टराई र आदिती बुढाथोकी रहेका छन् भने प्रमुख खेलाडीहरूमा अरुणा शाही, प्रगति पुन, सलिना श्रेष्ठ, निरुता ठगुन्ना, सुमित्रा रेग्मी र उषा भण्डारी केही टिमका विदेशी खेलाडीहरू पनि सहभागी हुनेछन् ।
भलिबल लिग (इडब्लूभीएल) भने भदौ २० गतेदेखि २८ गतेसम्म पोखराको बहुउद्देश्यीय कभर्ड हलमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण