साफ यु–१७ मा तेस्रो भएको नेपाली टोली स्वदेश फिर्ता
सोमबार, १६ भदौ २०८२, १२ : ०१
सारांश
- नेपाली यू-१७ महिला टोली साफ च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गर्दै स्वदेश फर्कियो।
- नेपालले प्रतियोगितामा भुटानलाई पराजित गरेको थियो, तर भारत र बंगलादेशसँग हार बेहोर्यो।
- अन्तिम खेलमा नेपालले घरेलु टोलीसँग १-१ को बराबरी खेल्यो, जसले टोलीलाई तेस्रो स्थान दिलायो।
काठमाडौँ । साफ यु–१७ महिला च्याम्पियनसिपमा तेस्रो भएको नेपाली टोली स्वदेश फर्किएको छ । प्रतियोगितामा नेपाल एक जित र एक बराबरीको नतिजासहित तेस्रो हुन सफल भएको थियो ।
प्रतियोगिताको अन्तिम खेलमा नेपालले आइतबार सम्पन्न अन्तिम खेलमा घरेलु टोलीसँग १–१ को बराबरी खेलेको थियो । नेपाल ६ खेलमा १ मात्रै जित हात पार्न सफल भयो । नेपालले पहिलो लेगमा भुटानमाथि नै निकालेको थियो ।
भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सहारा लिम्बूको सानदार दुई गोलसँगै नेपालले २–१ को पुनरागमन जित निकालेको थियो । सोही जित नै नेपाललाई तेस्रो बनाउन पर्याप्त बन्यो । नेपालले ६ खेलमा ४ अङ्क जोड्यो ।
प्रतियोगितामा नेपाल भारतसँग ७–० र ५–० को हार बेहोरेको थियो । बङ्गलादेशसँग ३–० र ४–१ को नतिजा आएकाे थियाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण