काठमाडौँको चमतीबाट ७५ लाख मूल्य बराबरको भेप बरामद, ३ जना पक्राउ
सारांश
- काठमाडौँको चमतीबाट प्रहरीले करिब ७५ लाखको भेप बरामद गरेको छ।
- प्रहरीले अवैध भेप कारोबारमा संलग्न ३ जनालाई पक्राउ गरेको छ।
- पक्राउ परेका व्यक्तिहरूले सिन्धुपाल्चोकको बाह्रबिसे नाकाबाट भेप ल्याएको स्वीकारेका छन्।
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ स्थित चमतीबाट प्रहरीले करिब ७५ लाख मूल्य बराबरको इलेक्ट्रिक चुरोट ‘भेप’ बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले चमतीस्थित एउटा घरमा लुकाएर राखेको अवस्थामा भेप बरामद गरेको हो । ३ हजार ८ सय पिस भेप बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए ।
अवैध तरिकाले भेपको कारोबार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका घर भएका ४० वर्षीय निमा छिरिङ शेर्पा, मेलम्ची नगरपालिका–७ घर भएका ५२ वर्षीय रामबहादुर गुरुङ र सोलुखुम्बुको थुलुङ गाउँपालिका–४ घर भएका कृष्णबहादुर गुरुङ छन् ।
चमतीस्थित रमेश श्रेष्ठको घरमा निमा छिरिङले भाडामा लिएको डेरामा सो भेप भेटिएको एसपी आचार्यले जानकारी दिए । आरोपीहरूले पटक पटक गरेर सिन्धुपाल्चोकको बाह्रबिसे नाकाबाट सो भेप ल्याएको प्रहरीलाई बताएका छन् । आरोपीहरूलाई कानुनी कारबाहीका लागि प्रहरीले राजस्व अनुसन्धान विभागमा बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण