सहसचिवपछि नायब सुब्बामा पदपूर्तिको व्यवस्था उल्टियो
सारांश
- संघीय निजामती सेवा विधेयक, २०८० मा नायब सुब्बा पदमा १० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने सहमति बन्यो।
- राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा भएको छलफलमा यस्तो सहमति जुटेको हो।
- यसअघि प्रतिनिधिसभाले नायब सुब्बा पदमा शतप्रतिशत बढुवाबाट पदपूर्ति गर्ने व्यवस्था गरेको थियो, जुन अब परिवर्तन हुनेछ।
काठमाडौँ । ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ मा नायब सुब्बा (नासु) पदमा १० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने व्यवस्था राख्ने सहमति बनेको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा निजामती सेवामा नायब सुब्बामा १० प्रतिशत खुला प्रतिस्पर्धाको व्यवस्था राख्ने सहमति जुटेको हो ।
योसँगै प्रतिनिधिसभाले नायब सुब्बा पदमा शतप्रतिशत बढुवाबाट पदपूर्ति गर्ने व्यवस्था उल्टिएको छ । यसअघि राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले प्रतिनिधिसभाले पारित गरेको सहसचिव पदको पदपूर्तिको व्यवस्था उल्टाएको थियो ।
विधायन व्यवस्थापन समितिले विधेयक माथिको दफावार छलफलको क्रममा सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने सहमति जुटाएको थियो । प्रतिनिधिसभाले सहसचिवमा पनि शतप्रतिशत बढुवाबाट पदपूर्ति गर्ने व्यवस्था पारित गरेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण