वडामा चुनाव जिताउन नसक्नेहरू पनि एमालेमा नेता भए : प्रदीप ज्ञवाली
सारांश
- एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका केही पदाधिकारी वडा तहमा चुनाव जित्न नसक्ने बताए।
- उनले कतिपय नेता कार्यकर्तामा जनाधार नभएको र कुरा मात्रै ठुला गर्ने गरेको टिप्पणी गरे।
- ज्ञवालीले पार्टीलाई जनतासँग एकाकार भएर अघि बढाउनुपर्नेमा जोड दिए।
काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका केही पदाधिकारीहरुले वडा तहमा समेत चुनाव जिताउने हैसियत नराख्ने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित आनन्दप्रसाद पोखरेलद्वारा लिखित पुस्तक कम्युनिस्ट पार्टी निर्माणका आधारको विमोचन गर्दै ज्ञवालीले पार्टीका केही पदाधिकारीहरूले कुरा ठूलाठूला गर्ने गरेको भए पनि वडा तहको समेत चुनाव जिताउन हैसियत राख्न नसक्ने अवस्था रहेको टिप्पणी गरेका हुन् ।
उपमहासचिव ज्ञवालीले पार्टीका धेरै नेता, कार्यकर्ता धागो नभएको चङ्गा जस्तो माथिमात्रै रहने गरेको तर जनाधार नभएको पनि औँल्याए। पार्टीका कतिपय पदाधिकारी, केन्द्रीय सदस्यहरूले कुरा ठुला गरे पनि जनाधार नहुँदा चुनाव जिताउने हैसियत गुमाएको उनको निष्कर्ष थियो ।
उनले भने, ‘गएको २०७९ सालको निर्वाचनमा हामीले एउटा नारा दिएको थियौँ–म नै जिताउँछु मेरो वडा । देशमा ६ हजार ७४३ वडा छन् । हाम्रो कम्तीमा पनि ८० प्रतिशत भन्दा बढी वडामा बलियो जनाधार छ । हाम्रो संगठन छ । वडा कमिटीहरू छन् । प्रत्येक नेताले आफ्नो वडा जिताई दिएको भए त दिग्विजय नै हासिल गर्थ्यौँ त हामीले । तर हामी कतिपय केन्द्रीय सदस्य हुँला, कतिपय पदाधिकारी हुँला, कति जिल्लाका नेताहरू हुँला–जसले आफ्नो वडा समेत जिताउन सक्दैनन् । कुरा चाहिँ ठुल्ठुला गर्दछन् । त्यसले गर्दा जनतासँग जोडिने कुरा ज्यादै महत्त्वपूर्ण कुरा रहेछ ।’
उपमहासचिव ज्ञवालीले नीति, विधि र व्यवहार सबै हिसाबले जनतासँग एकाकार भएर मात्रै पार्टीलाई अघि बढाउन सकिने भएकाले सिङ्गो पार्टी पङ्क्ति सोहीअनुसार परिचालन हुन आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण