मन्त्रीले खोसे सचिव चढ्ने गाडीको चाबी
सारांश
- कोशी प्रदेशका मन्त्री खगेनसिंह हाङ्गामले सचिव शरणकुमार पाण्डेको गाडीको चाबी खोसेका छन्।
- मन्त्री र सचिवबीच लामो समयदेखि द्वन्द्व चलिरहेको र यसअघि पनि विवाद भएको थियो।
- सचिव पाण्डेले मुख्यमन्त्री र प्रदेश प्रमुख सचिवलाई घटनाबारे जानकारी गराएका छन्।
विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामले मन्त्रालयका सचिव शरणकुमार पाण्डेले प्रयोग गर्दै आएको गाडीको चाबी खोसेका छन् ।
आफूलाई असहयोग गरेको भन्दै मन्त्री हाङ्गामले मुख्यमन्त्री कार्यालय पुगेका सचिव पाण्डेको गाडीको चाबी चालकमार्फत खोसेका हुन् । सचिव पाण्डेले आफ्नो गाडीको चाबी खोसिएको स्वीकार गरेका छन् ।
मुख्यमन्त्रीसँग छलफलका लागि पुगेको र छलफल सकेर निस्कन खोज्दा गाडी नदेखेपछि सवारी चालकलाई आफूले फोन गरेर सोध्न खोज्दा चालकको समेत फोन ‘अफ’ रहेको सचिव पाण्डेको भनाइ छ ।
पछि बुझ्दा मन्त्रीको दबाबमा चाबी खोसिएको थाहा भएको उनले जनाए । त्यहाँबाट आफूले मोटरसाइकल बोलाएर मन्त्रालयमा आएको उनको भनाइ छ ।
मन्त्री हाङ्गाम र सचिव पाण्डेबिच लामो समयदेखि द्वन्द्व चलिरहेको मन्त्रालय स्रोत बताउँछ । मन्त्रीले करारका ड्राइभर हटाउने र आफ्ना मान्छे नियुक्त गर्ने प्रयास गरेका थिए, जसलाई सचिवले अस्वीकार गरेको जनाइएको छ ।
यस्तै झापामा कर्मचारीबारेको विवादमा पनि मन्त्री र सचिवबिच विवाद भएको थियो । विवाद बढ्दै जाँदा सचिव पाण्डेको केही समय अगाडि सरुवा भएको थियो । यद्यपि सचिव पाण्डेको सरुवा थमौती भएको छ ।
त्यही झोकमा मन्त्रीले चाबी खोसेको मन्त्रालयका कर्मचारी बताउँछन् । ‘मन्त्रीले यो मेरो राज्य भन्दै कर्मचारीलाई थर्काउने र दादागिरी देखाउने गरेका छन्,’ एक कर्मचारीले भने, ‘अब हामी सहन सक्दैनौँ ।’
सचिव पाण्डेले यस विषयमा मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेशका प्रमुख सचिव चन्द्रकला पौडेललाई जानकारी दिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको वार्तामा अन्योल उत्पन्न भएपछि राष्ट्रपति ट्रम्प क्याम्प डेभिड प्रस्थान गर्दै
-
म्याग्दीमा रासायनिक मलको अभाव
-
‘राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०८३’को उपाधि प्रितम र सपनालाई
-
अमेरिका र अस्ट्रेलिया भिड्दै, यस्तो छ अघिल्लो चरणको समीकरण
-
१२ बजे १२ समाचार: मन्त्रीको निवासमा प्रहरी पुगेपछि तरङ्गदेखि ६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुनसम्म
-
क्षेत्रीय शान्तिका लागि पाकिस्तानी प्रधानमन्त्री र साउदी क्राउन प्रिन्सबिच संवाद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण