राजीनामा दिएको ४२ दिनपछि धनखडले छाडे उपराष्ट्रपति आवास
सारांश
- भारतका पूर्व उपराष्ट्रपति जगदीप धनखड अब दक्षिणी दिल्लीको फार्म हाउसमा बस्ने भएका छन्।
- उपराष्ट्रपति पदबाट राजीनामा दिएको ४२ दिनपछि उनले आधिकारिक आवास छाडेका हुन्।
- स्वास्थ्य कारण देखाउँदै उनले जुलाई २१ मा राजीनामा दिएका थिए।
काठमाडौँ । भारतका पूर्वउपराष्ट्रपति जगदीप धनखड अब दक्षिणी दिल्लीको छतरपुर क्षेत्रमा रहेको इन्डियन नेशनल लोकदल (आईएनएलडी) प्रमुख अभय चौटालाको फार्म हाउसमा बस्ने भएका छन् ।
उपराष्ट्रपति पदबाट राजीनामा दिएको ४२ दिनपछि उनले सोमबार साँझ ६ बजे आधिकारिक आवास छाडेका हुन् ।
अभय चौटालाले दैनिक भास्करसँग कुरा गर्दै भने, ‘हाम्रो परिवार र धनखडजीबिच पुरानो सम्बन्ध छ। हामीले उहाँलाई हाम्रो घरमा बस्न आग्रह गरेका थियौँ, जुन उहाँले स्वीकार गर्नुभयो।’
धनखडले स्वास्थ्य कारण देखाउँदै गत जुलाई २१ मा संसद्को मनसुन सत्रको पहिलो दिन राजीनामा दिएका थिए। त्यसयता उनी सार्वजनिक रूपमा देखिएका थिएनन् । विपक्षले उनी हाउस अरेस्टमा रहेको आरोप लगाएको थियो, तर सरकारले ती आरोप अस्वीकार गरेको थियो ।
अहिलेसम्म उनी संसद् भवन नजिकैको उपराष्ट्रपति एन्क्लेवमा बस्दै आएका थिए। संविधानअनुसार, पूर्व उपराष्ट्रपतिलाई टाइप–८ सरकारी बङ्गला पाउने अधिकार हुन्छ। त्यो आवास नपाएसम्म उनी फार्म हाउसमा बस्नेछन् ।
नयाँ उपराष्ट्रपतिको निर्वाचन आगामी सेप्टेम्बर ९ मा हुँदै छ। यसमा एनडीएका उम्मेदवार महाराष्ट्रका राज्यपाल सीपी राधाकृष्णन र विपक्षी उम्मेदवार सर्वोच्च अदालतका पूर्वन्यायाधीश बी. सुदर्शन रेड्डीबिच प्रतिस्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण