अन्तर्राष्ट्रिय विज्ञहरूको घोषणा : गाजा युद्ध ‘नरसंहार’ हो
काठमाडौँ । अन्तर्राष्ट्रिय विज्ञहरूको शीर्ष समूहले इजरायलको गाजामाथिको युद्ध ‘नरसंहार’को परिभाषामा पर्ने घोषणा गरेको छ ।
यससँगै अन्तर्राष्ट्रिय कानुनका विज्ञहरूले पहिलोपटक औपचारिक रूपमा गाजाको वर्तमान अवस्था संयुक्त राष्ट्र सङ्घको १९४८ को जेनोसाइड कन्भेन्सन अन्तर्गतको अपराध भएको स्पष्ट पारेका हुन् ।
सन् १९९४ मा स्थापना भएको ५०० सदस्यीय संस्था इन्टरनेसनल एसोसिएसन अफ जेनोसाइड स्कलर्स (आईएजीएस) ले सोमबार पारित गरेको प्रस्तावमा इजरायलले गाजामा अपनाएको नीतिहरू र कार्यहरू नरसंहारको कानुनी परिभाषा पूरा गर्ने भनिएको छ ।
आईएजीएसका अध्यक्ष तथा पश्चिमी अस्ट्रेलियास्थित विश्वविद्यालयकी अन्तर्राष्ट्रिय कानुनकी प्राध्यापक मेलानी ओ’ब्रायनले रोयटर्ससँग भनेकी छन्, ‘विज्ञहरूको स्पष्ट घोषणा हो – गाजामा भइरहेको कार्य नरसंहार नै हो ।’
प्रस्तावलाई ८६ प्रतिशत सदस्यहरूले समर्थन गरेका थिए। यसले इजरायललाई बालबालिकासहितका सर्वसाधारणमाथि आक्रमण, भोकमरी, मानवीय सहायता, पानी, इन्धन र अन्य अत्यावश्यक सामग्री नदिने, यौन तथा प्रजनन हिंसा र जबरजस्ती विस्थापन रोक्न आग्रह गरेको छ ।
नेदरल्यान्ड्सस्थित ओपन युनिभर्सिटीका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक सेर्गेई भासिलिएभले यो निर्णयले शैक्षिक क्षेत्रमा व्यापक सहमति प्रतिबिम्बित गरेको बताए। उनका अनुसार, ‘यो कानुनी मूल्याङ्कन विशेष गरी नरसंहार अध्ययनको क्षेत्रमा मुख्यधारा बनिसकेको छ ।’
यसैबिच गाजाको सरकारी सञ्चार कार्यालय प्रमुख इस्माइल अल–थावबताले यो विज्ञहरूको अभिव्यक्तिले अन्तर्राष्ट्रिय अदालतमा पेस गरिएका तथ्यलाई थप बलियो बनाएको बताए ।
उनले भने, ‘यस घोषणाले अन्तर्राष्ट्रिय समुदायलाई अपराध रोक्न, सर्वसाधारणको सुरक्षा गर्न, र कब्जाकारी नेताहरूमाथि कारबाही गर्न कानुनी तथा नैतिक दायित्व दिएको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण