नेपाल-रुस सम्बन्धमा कहिल्यै समस्या आएको छैन: राष्ट्रपति पुटिन
सारांश
- रुसी राष्ट्रपति पुटिनले नेपाल-रुस सम्बन्धमा कहिल्यै समस्या नआएको बताए।
- चीनमा प्रधानमन्त्री ओलीसँगको भेटमा पुटिनले दुई देशबीचको कूटनीतिक सम्बन्ध सुदृढ रहेको स्मरण गरे।
- भेटमा व्यापार, लगानी, अन्तर्राष्ट्रिय मामिलामा सहकार्यलगायतका विषयमा छलफल भयो।
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल-रुस सम्बन्धमा कहिल्यै समस्या नआएको बताएका छन्। चीनको थियानजिनमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्तामा पुटिनले दुई देशबिच सन् १९५६ मा स्थापित कूटनीतिक सम्बन्ध ऐतिहासिक रूपमा सुदृढ रहेको स्मरण गराए।
“यदि मलाई ठिक याद छ भने, हामीले सन् १९५६ मा हाम्रा देशहरूबिच कूटनीतिक सम्बन्ध स्थापना गरेका थियौँ। अर्को वर्ष हाम्रो एक प्रकारको वार्षिकोत्सव पनि छ। तर आज पनि हामी हाम्रो सहकार्यको इतिहासका उपलब्धिहरूलाई हेर्न सक्छौँ। मैले यो भन्नै पर्छ कि हाम्रो कहिल्यै कुनै समस्या भएन,” पुटिनले भने।
उनले अन्तर्राष्ट्रिय एजेन्डाका मुख्य विषयमा नेपाल र रुसका धारणा प्रायः नजिक वा मेल खाने गरेको पनि उल्लेख गरे।
भेटमा प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनबिचको भेटमा व्यापार–लगानी, अन्तर्राष्ट्रिय मामिलामा सहकार्य, क्षेत्रीय तथा बहुपक्षीय समन्वय र रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण