नयाँ सुरुवात गर्न उत्साहित साम्बा
सारांश
- सावित्रा भण्डारीले अस्ट्रेलियाको ए-लिग खेल्ने भएकी छिन् र न्युजिल्यान्डको क्लब वेलिंगटन फिनिक्ससँग अनुबन्ध गरेकी हुन्।
- उनले सामाजिक सञ्जालमा नयाँ यात्राको सुरुवात भएको जानकारी दिँदै समर्थकको आशिर्वादको अपेक्षा गरेकी छिन्।
- राष्ट्रिय टिम र अन्तर्राष्ट्रिय लिगमा उत्कृष्ट प्रदर्शन गरेकी सावित्रालाई फिनिक्सले 'गोला मेसिन'को उपमा दिएको छ।
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारीले अस्ट्रेलियाको शीर्ष लिग ‘ए-लिग’ मा खेल्ने भएकी छन्। उनले न्युजिल्यान्डको क्लब वेलिंगटन फिनिक्ससँग अनुबन्ध गरेकी हुन्।
सोमबार उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै यो नयाँ यात्राको सुरुवात भएको जानकारी दिइन्। उनले लेखेकी छन्, 'नयाँ यात्राको सुरुवात। सम्पूर्ण नेपाली समर्थकको आशीर्वाद र समर्थनको साथमा। वेलिंगटन फिनिक्सबाट खेल्न र त्यहाँ रहनुहुने नेपाली समर्थकलाई मैदानमा भेट्न उत्साहित छु।'
राष्ट्रिय टिम र अन्तर्राष्ट्रिय लिगमा गरेको उत्कृष्ट प्रदर्शनका कारण उनले यो मौका पाएकी हुन्। वेलिंगटन फिनिक्सले पनि भण्डारीलाई ‘साम्बा’ उपनामले सम्बोधन गर्दै स्वागत गरेको छ। क्लबले उनलाई ‘गोला मेसिन’ भन्दै उनको प्रशंसा गरेको छ।
फिनिक्स न्युजिल्याण्डको क्लब भए पनि अस्ट्रेलियाको शीर्ष डिभिजन लिगमा प्रतिस्पर्धा गर्ने गर्छ। साम्बा नेपाली राष्ट्रिय महिला टोलीको सर्वाधिक गोलकर्ता हुन्। उनको अन्तर्राष्ट्रिय अनुभव र प्रदर्शनले वेलिङटन फिनिक्सलाई अझै बलियो बनाउने अपेक्षा गरिएको छ।
साम्बाले यसअघि भारत, माल्दिभ्स र इजरायलमा पनि व्यावसायिक फुटबल खेलिसकेकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण