एमालेका नेता ऐन महरविरूद्ध अदालतमा मुद्दा दर्ता
मङ्गलबार, १७ भदौ २०८२, १४ : २०
काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले नेकपा (एमाले) का नेता ऐन महरविरूद्ध मुद्दा दर्ता गरेको छ । महरविरूद्ध सोमबार साइबर अपराधअन्तर्गत काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
एक महिलामाथि सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा महरमाथि विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कसुरमा मुद्दा दर्ता भएको हो ।
अब प्रतिवादी महर अदालतमा हाजिर भएपछि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा हाजिर जमानीमा राख्ने भन्नेबारे थुनछेक हुनेछ ।
यसअघि सरकारी वकिल कार्यालयले महरलाई गत भदाै ११ मा हाजिरी जमानीमा छाडिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण