खाद्यले थाल्यो दसैँका खसी–च्याङ्ग्राको अनलाइन बुकिङ, प्रति किलो १० रुपैयाँ छुटमा बिक्री हुने
सारांश
- खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँका लागि खसी र च्याङ्ग्राको अनलाइन प्रि-बुकिङ सुरु गरेको छ।
- कम्पनीले घटस्थापनादेखि थापाथलीस्थित बिक्री केन्द्रबाट खसीबोका र च्याङ्ग्रा बिक्री गर्नेछ।
- यस वर्ष १ हजार ५ सय खसीबोका र ३ सय च्याङ्ग्रा खरिद गर्ने लक्ष्य छ, र मूल्य निर्धारण बजार पछि हुनेछ।
काठमाडौँ । आगामी दसैँलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षका लागि खसी र च्याङ्ग्राको अनलाइनबाट प्रि–बुकिङ सुरु गरेको छ । चाडपर्वमा उपभोक्तालाई सहजता प्रदान गर्ने उद्देश्यले कम्पनीले मंगलबारदेखि यो व्यवस्था गरेको जनाएको छ ।
हाल अनलाइनमार्फत प्रि-बुकिङ मात्र भइरहेको र खसी–बोका र च्याङ्ग्रा भने काठमाडौँ ल्याइनसकेको कम्पनीले जनाएको छ ।
कम्पनीको खरिद विभाग प्रमुख अनन्तराज पौडेलले आजदेखि अनलाइन प्रि–बुकिङ सुरु भए पनि घटस्थापनादेखि कम्पनीको थापाथलीस्थित बिक्री केन्द्रबाट बिक्री हुने बताए । उनकाअनुसार घटस्थापनाको अघिल्लो दिनमात्रै खसी–बोका र च्याङ्ग्रा काठमाडौँ आइपुग्ने र घटस्थापनादेखि बिक्री वितरण सुरु हुने छ ।
पौडेलले भने, ‘खसी–च्याङ्ग्राहरू घटस्थापनाको एक दिन अगाडि काठमाडौँ आइपुग्छन् । बिक्री भने घटस्थापनाको दिनबाट मात्र सुरु गरिन्छ । बिक्री केन्द्र थापाथलीबाट मात्रै बिक्री वितरण हुनेछ ।’
उनकाअनुसार १ हजार ५ सय खसीबोका र ३ सय च्याङ्ग्रा खरिद गर्ने लक्ष्य लिएको छ । यद्यपि, अनलाइन बुकिङको मागका आधारमा यो संख्यामा केही वृद्धि हुन सक्ने जनाइएको छ ।
अघिल्लो वर्षको दसैँमा पनि १ हजार ५ वटा खसी बोका र ३०० वटा च्याङ्ग्रा ल्याएर सबै बिक्री गरेको थियो ।
यस्तै दसैँमा बिक्री वितरणका गरिने खसी–बोका र च्याङ्ग्राका खरिद लागि कम्पनीले ५ करोड रुपैयाँ बराबर छुट्याएको छ । साथै मागका आधारमा खसिबोका खरिद बिक्री गरिने भएकाले आवश्यकताअनुसार बढ्न सक्ने सम्भावना रहेको पनि कम्पनीले उल्लेख गरेको छ ।
- मूल्य कति ?
उपभोक्ताहरूका लागि खसी–बोका र च्याङ्ग्राको मूल्य भने हाल तोकिएको छैन । प्रमुख पौडेलका अनुसार, बजारबाट खरिद गरिसकेपछि थोरै नाफा राखेर मूल्य निर्धारण गरिनेछ । गत वर्षको तुलनामा मूल्यमा खासै ठुलो वृद्धि नहुने विश्वास कम्पनीको छ ।
अनुमानित मूल्यअनुसार, जिउँदो च्याङ्ग्रा प्रति किलो ११३० देखि ११५० रुपैयाँसम्म पर्न सक्नेछ भने खसी प्रति किलो ६०० रुपैयाँभन्दा बढी (लगभग ६१०–६३० रुपैयाँ) हुने सम्भावना रहेको छ ।
यसका साथै, कम्पनीले प्रति किलो १० रुपैयाँ छुटको व्यवस्था भने गर्ने जनाएको छ ।
अघिल्लो वर्ष पनि जिउँदो खसी–बोका र च्याङ्ग्राको मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको थियो । जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० निर्धारण गरी १० रुपैयाँ छुट गरेर ६६० रुपैयाँमा बिक्री गरिएको थियो । यस्तै च्याङ्ग्रा जिउँदो प्रतिकिलो १२२० रुपैयाँमा बिक्री गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण