सरकारको असक्षमता र अकर्मण्यताले दुध किसान सडकमा आउनुपर्यो : प्रचण्ड
सारांश
- पूर्वप्रधानमन्त्री प्रचण्डले दुध किसानको रकम भुक्तानी नगरेकोमा सरकारको आलोचना गरेका छन्।
- प्रचण्डले किसानको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै समयमै भुक्तानी गर्न माग गरेका छन्।
- उनले किसानलाई समयमै उत्पादन मूल्य उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन्।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुध किसानहरूको रकम समयमै भुक्तानी नगरेर आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउनु सरकारको असक्षमता र अकर्मण्यताको प्रमाण भएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा किसानका आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उनले समयमै उत्पादन मूल्य उपलब्ध गराउन माग गरेका छन् ।
‘मेरो नेतृत्वको सरकारले उखु किसानहरूलाई दिने भनेको अनुदान रोक्ने र तोकेको अनुदान पनि घटाउने निर्णय गरेको सरकारले दूध किसानहरूको रकम पनि समयमै भुक्तानी गर्न सकेको छैन। यसैका कारण किसानहरू आन्दोलनमा उत्रिनुपर्ने अवस्था सिर्जना हुनु वर्तमान सरकारको असक्षमता र अकर्मण्यताको प्रमाण हो। राष्ट्रिय अर्थतन्त्रको मुख्य आधार किसान समुदायको उत्पादनको मूल्य समयमै उपलब्ध गराउन सरकारसँग माग गर्दछु’, उनले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण