संविधान कार्यान्वयनमा ढिलाइ हुँदा सुशासन कायम हुन सकेन : अशोक राई
मङ्गलबार, १७ भदौ २०८२, १६ : ५९
सारांश
- जसपा अध्यक्ष अशोककुमार राईले संविधान कार्यान्वयनमा ढिलाइ भएको बताए।
- उनले सरकारले आवश्यक कानुन बनाउन चासो नदेखाएको आरोप लगाए।
- राईले सुशासनको अवस्था कमजोर भएको र प्रशासकका समस्या समाधान गर्नुपर्ने बताए।
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोककुमार राईले संविधान कार्यान्वयनमा ढिलाइका कारण मुलुकमा सुशासन कायम हुन नसकेको टिप्पणी गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै राईले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन सरकार गम्भीर नभएको आरोप लगाएका हुन् ।
उनका अनुसार प्रत्येक १० वर्षमा संविधान समीक्षा गर्ने व्यवस्था भए पनि आवश्यक ऐन निर्माणमा ढिलाइ हुँदा जनतामा असन्तुष्टि बढेको छ। राईले अख्तियारसम्बन्धी विधेयक समितिमै अल्झिएको र सरकार आफ्ना अनुकूल कानुन पास गर्न चाहने प्रवृत्तिले सुशासनको अवस्था कमजोर भएको बताए।
उनले मुलुकको प्रमुख समस्या नै सुशासन रहेको उल्लेख गर्दै प्रशासकका समस्या समाधान गरी सुधारतर्फ ध्यान दिन सरकारलाई आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण