न्यायालय
नक्कली भुटानी शरणार्थी प्रकरण : न्यायाधीश कार्कीको इजलासमा तोकियो पेसी
बुधबार, १८ भदौ २०८२, १२ : २३
सारांश
- भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने योजना बनाएको मुद्दाको सुनुवाइ सुरु भएको छ।
- जिल्ला अदालत काठमाडौँमा २ वर्षदेखि विचाराधीन मुद्दा न्यायाधीश कार्कीको इजलासमा पेसी तोकिएको छ।
- अदालतले अभियुक्तहरूलाई थुनामा राख्न आदेश दिएको थियो, तर केही धरौटीमा छुटेका छन्।
काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन योजना बनाएको अपराधका अभियुक्तहरुविरुद्ध दायर मुद्दा न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा पेसी तोकिएको छ ।
जिल्ला अदालत काठमाडौँमा २ वर्षदेखि विचाराधीन रहेको उक्त मुद्दा आजदेखि सुनुवाइका लागि पेसी तोकिएका हो । पछिल्लो समय यो मुद्दामा साक्षी बुझ्ने र बकपत्र गराउने काम सकिएपछि साप्ताहिक पेशी सूचीमा राखिएको थियो ।
यो मुद्दामा जिल्ला अदालतका तत्कालीन न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेकालाई ‘तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार’ देखाउँदै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो ।
पछि केही अभियुक्त उच्च अदालतबाट धरौटी र तारेखमा छुटे । केही भने जिल्ला र उच्चकै फैसला सदर भएर थुनामा छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण