नियुक्तिमा समानुपातिक समावेशी सिद्धान्त लागू गर्न सांसद मिजारको माग
सारांश
- सांसद सिता मिजारले सार्वजनिक निकायमा पदाधिकारी नियुक्तिमा समानुपातिक समावेशी सिद्धान्त पालना नभएको आरोप लगाइन्।
- उनले राजनीतिक नियुक्तिमा महिला र दलित समुदायको न्यून प्रतिनिधित्व भएको बताइन्।
- मिजारले संवैधानिक अङ्ग र सार्वजनिक संस्थानमा समानुपातिक प्रतिनिधित्वको माग गरिन्।
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सिता मिजारले सरकारको स्वामित्वमा रहेका प्राधिकरण, बोर्ड, विकास समिति, कोष, परिषद्, प्रतिष्ठान, कम्पनी लगायतका सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति गर्दा सरकारले समानुपातिक समावेशी सिद्धान्तलाई अवलम्बन नगरेको आरोप लगाएकी छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा शून्य समयमा सांसद मिजारले राजनीतिक नियुक्तिमा महिला र दलितको सवालमा अत्यन्त विभेदपूर्ण व्यवहार र न्यून प्रतिनिधित्व गराइएको बताइन् ।
नेपालको संविधान, २०७२ को धारा ४२ र २८५ मा समानुपातिक समावेशी सिद्धान्तका आधारमा निजामती सेवा लगायत सबै सङ्घीय सरकारी सेवा र राज्यका निकायमा सहभागिताको हक सुनिश्चित गरिएको बताउँदै सरकारले त्यसलाई कार्यान्वयनमा नल्याएको बताइन् ।
उनले संवैधानिक अङ्ग, सार्वजनिक संस्थान लगायतका सार्वजनिक निकायमा हुने नियुक्तिमा समानुपातिक समावेशी सिद्धान्तलाई ख्याल गरी महिला तथा दलित समुदायको सम्मानजनक प्रतिनिधित्व सुनिश्चित गर्न माग गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण