इम्बोस्ड नम्बर प्लेट जडान कार्य रोक्न माग
बुधबार, १८ भदौ २०८२, १४ : ३७
सारांश
- एमाले सांसद सुहाङ नेम्वाङले प्रतिनिधिसभा बैठकमा सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान कार्य रोक्न माग गरे।
- उनले इम्बोस्ड नम्बर प्लेट जडानका लागि आवश्यक पूर्वाधार, प्रविधि र जनचेतना सुनिश्चित गर्नुपर्ने बताए।
- नेम्वाङले इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनले जनतालाई सास्ती हुने भन्दै यसलाई स्थगित गर्न आग्रह गरे।
काठमाडौँ । बुधबार प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान कार्य रोक्न माग गरेका छन् । उनले आवश्यक पूर्वाधार प्रविधि र जनचेतना सुनिश्चित गरेपछि मात्र चरणबद्ध रूपमा अगाडि बढाउन माग रहेका छन् ।
नेम्वाङले भने– ‘सरकारले तत्काल इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयन स्थगित गरी, आवश्यक पूर्वाधार, प्रविधि र जनचेतना सुनिश्चित गरेपछि मात्र चरणबद्ध रूपमा अघि बढाइयोस् ।’
गाडी किन्नासाथ उच्च कर, हरेक वर्ष अनिवार्य बिमा, सडक कर तिर्न लामो लाइन, र लाइसेन्स बनाउन फारम, परीक्षा र लामो प्रतीक्षा झेलेका जनताले इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयनले थप सास्ती, हैरानी र झन्झट व्यहोर्नुपर्ने बताए । इम्बोस्ड नम्बर प्लेटको उद्देश्यबारे जनताको तहबाट प्रश्नहरू उठेका नेम्वाङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण