वीरगञ्जमा फैलिएको हैजा तत्काल नियन्त्रण गर्न रास्वपाले गरायो सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले मधेस प्रदेशको पर्सास्थित वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणमा सरकारले ठोस कदम नचालेकोमा ध्यानाकर्षण गराएको छ ।
बुधबार पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागले विज्ञप्ति जारी गर्दै यससम्बन्धी सरकारको ध्यानाकर्षण गराएको हो ।
हैजाको प्रमुख कारण दूषित पानी भएको भन्दै पर्याप्त पानीको स्रोत हुँदाहुँदै आजको आधुनिक समयमा ३ करोड भन्दा कम जनसङ्ख्यालाई पर्याप्त रूपमा पिउने पानीको व्यवस्थापन गर्न नसक्नु दुर्भाग्य भएको रास्वपाले जनाएको छ ।
‘मधेस प्रदेशको पर्सा जिल्ला स्थित वीरगञ्जमा फैलिएको हैजाले हालसम्म ४ जनाको ज्यान लिनु र ६०० भन्दा बढी नागरिक सङ्क्रमित हुनु गम्भीर स्वास्थ्य समस्याको विषय हो । यस्तो विषम परिस्थितिको नियन्त्रणका लागि सरकारले ठोस कदम चाल्न नसकेको विषयमा यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
नागरिकको स्वास्थ्य जस्तो संवेदनशील विषयमा संविधानले समेत व्यवस्था गरेको मौलिक हकको कार्यान्वयन गर्न नसक्नु विगत र वर्तमानका सरकारको गम्भीर कमजोरी भएको भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ ।
आम नागरिकको जीवन र स्वास्थ्यप्रति रास्वपा सदैव प्रतिबद्ध रहेको जनाउँदै सरकार, सम्बन्धित निकाय र सम्पूर्ण नागरिकलाई संवेदनशील विषयमा गम्भीर बन्न आह्वान समेत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण