बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पहिरो प्रभावित बस्तीमा वाईसीएल

बुधबार, १८ भदौ २०८२, १८ : २०
बुधबार, १८ भदौ २०८२

नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नम्बर १ अन्तर्गत बुलबुले, काउले र सेम्राङका पहिरो प्रभावित बस्तीमा राहत सामग्री वितरण तथा श्रमदान कार्यक्रम सम्पन्न भएको छ ।

राहत स्वरूप प्रभावित परिवारलाई त्रिपाल, खानेपानी जार, लत्ता–कपडा, ब्ल्याङकेट, म्याट्रेस सहित नगद एक लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।

साथै पहिरोका कारण बस्ती–बस्तीबिच आवतजावतमा समस्या भएकाले वाईसीएल नेपालको नेतृत्वमा श्रमदानमार्फत गोरेटो बाटो निर्माण गरी आवागमन सहज बनाउन सहयोग गरिएको थियो ।

उक्त कार्यक्रममा सङ्घीय सांसद हित बहादुर तामाङ, नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरू, वाईईसीएल नेपालका केन्द्रीय अध्यक्ष पुष्प ओली लगायत अन्य पदाधिकारीहरू सहभागी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप