गण्डकी प्रदेशसभाका सचिव पोखरेलको बिदाइ
सारांश
- गण्डकी प्रदेशसभाका सचिव हरिराज पोखरेलले पाँच वर्षे कार्यकाल पूरा गरी बिदा लिएका छन्।
- सभामुख र उपसभामुखले पोखरेलको योगदानको प्रशंसा गर्दै उनको आगामी जीवनको शुभकामना दिए।
- प्रदेशसभाले नयाँ सचिव नियुक्तिको प्रक्रिया चाँडै सुरु गर्ने जनाएको छ।
पोखरा । गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलको कार्यकाल सकिएको छ । उनले आफ्नो पाँच वर्षे कार्यकाल सम्पन्न गरी बुधबार अवकास लिएका हुन् । पोखरेललाई बुधबार प्रदेशसभामा आयोजित एक कार्यक्रमका बिच बिदाइ गरिएको हो ।
उनी २०७७ भदौ १९ गते प्रदेशसभा सचिवमा नियुक्त भएका थिए । पोखरेलले आफ्नो कार्यकालमा वित्तीय अनुशासनको उत्कृष्ट नमुना प्रस्तुत गरेको दाबी गरे ।
बिदाइ कार्यक्रममा सभामुख कृष्णप्रसाद धितालले सचिव पोखरेलको योगदानको प्रशंसा गर्दै भविष्यमा पनि उनको अनुभव र सुझावबाट प्रदेशसभा लाभान्वित हुने विश्वास व्यक्त गरे ।
उपसभामुख बिनाकुमारी थापाले पोखरेललाई शुभकामना दिँदै उनको भूमिका सराहनीय रहेको बताइन् र आगामी यात्राको निरन्तर सफलताको कामना गरिन् ।
योसँगै प्रदेशसभामा नयाँ सचिव नियुक्ति गर्नुपर्ने भएको छ । यसको प्रक्रिया केही समयमै सुरु हुने सभामुख धितालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण