नुवाकोटमा वाइसीएलको अगुवाइमा पहिरोपीडितलाई राहत
बुधबार, १८ भदौ २०८२, २२ : ५७
सारांश
- वाइसीएल नेपालले नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गरेको छ।
- प्रभावित परिवारलाई त्रिपाल, लत्ताकपडा र नगद एक लाख रुपैयाँ वितरण गरियो।
- गोरेटो बाटो निर्माणका लागि वाइसीएलले श्रमदान गरेको छ, जसमा सांसद र अन्य नेताहरूको सहभागिता थियो।
नुवाकोट । नुवाकोट जिल्लाको सूर्यगढी गाउँपालिका–१ अन्तर्गत बुलबुले, काउले र सेम्राङका पहिरो प्रभावित बस्तीमा वाइसीएल नेपालको अगुवाइमा राहत सामग्री वितरण र श्रमदानमार्फत गोरेटो बाटो निर्माण गरिएको छ।
राहत स्वरूप प्रभावित परिवारलाई त्रिपाल, खानेपानी जार, लत्ता–कपडा, ब्ल्याङ्केट, म्याट्रेससहित नगद एक लाख रुपैयाँ हस्तान्तरण गरिएको हो। साथै, आवतजावत सहज बनाउन श्रमदानमार्फत गोरेटो बाटो निर्माण गरिएको आयोजकहरूले जानकारी दिएका छन्।
कार्यक्रममा सङ्घीय सांसद हितबहादुर तामाङ, वाइसीएल नेपालका केन्द्रीय अध्यक्ष पुष्प ओली, बागमती प्रदेश अध्यक्ष नरेश रञ्जित, नुवाकोट अध्यक्ष जलन गजुरेललगायतका पदाधिकारी, माओवादी केन्द्रका नेता–कार्यकर्ता, स्थानीय सरकार, राजनीतिक दलका प्रतिनिधि र बासिन्दाहरूको सहभागिता रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण