सहकारीलाई व्यवस्थित गर्न सहकारी ऐन परिवर्तन गर्न तयार छौँः मन्त्री अधिकारी
बिहीबार, १९ भदौ २०८२, ११ : १४
सारांश
- भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले सहकारी ऐन परिवर्तन गर्न सरकार तयार रहेको बताए।
- उनले नेपालमा सहकारीको यकिन तथ्यांक नभएको र दर्ता भएका सहकारीको नाम निशान नभएको बताए।
- मन्त्री अधिकारीले सहकारीमा देखिएका बेथिति नियन्त्रण गर्न सरकार लागिपरेको जानकारी दिए।
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीलाई व्यवस्थित गर्नेगरी अघि बढ्न सरकार सहकारी ऐन परिवर्तन गर्न तयार रहेको बताएका छन् ।
नेपाल सहकारी पत्रकार समाजको १५ औं स्थापना दिवसको अवसरमा बिहीार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा कति सहकारीहरु सञ्चालन भइरहेका छन्, कति सहकारी के उद्देश्यले सञ्चालन भएका हुन् भन्नेबारेमा यकिन तथ्यांक नरहेको जिकिर गरे ।
उनले दर्ता भएका कतिपय सहकारीहरुको नाम निशान नै नरहेको पनि बताए । त्यसलाई नियमन र नियन्त्रण गर्न सरकारले अहिले वचतको सीमा राखेको, ऋणको सीमा राखेको बताए । सहकारीमा बेथिति आएकाले केही समय नियन्त्रण गर्नुपर्छ भनेरै सरकार लागेको बताए ।
मन्त्री अधिकारीले अफ्ठ्यारा कुरालाई फुकाउँदै जानुपर्ने अहिलेको आवश्यकता भएको पनि उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण