एमाले नेता कर्ण थापाले दर्ता गरेको फरक मतमा के छ ?
सारांश
- नेकपा एमालेका नेता कर्णबहादुर थापाले पार्टी कार्यालयमा फरक मत दर्ता गराएका छन्।
- थापाले पार्टी विधानमा रहेका विभिन्न विषयमाथि फरक मत राखेका छन्, जसमा ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान समावेश छ।
- उनको फरक मतमा पार्टीभित्रको आन्तरिक लोकतान्त्रिकरण र जनवर्गिय संगठनमा सुधारको कुरा उल्लेख छ।
काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा फरक मत दर्ता गराएका छन् ।
सचिवालय बैठक सुरु हुनु केहीबेरअघिमात्र थापा एमाले पार्टी कार्यालय पुगेर औपचारिक रूपमा फरक मत दर्ता गराएका हुन् ।
दर्तापछि उनले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई समेत पठाएका छन् । फरक मत दर्ता भएपछि छलफलका लागि विधानमा महाधिवेशनमा लैजानुपर्ने हुन्छ ।
थापाले पार्टीभित्र छलफलका लागि आफूले फरक मत दर्ता गरेको प्रतिक्रिया दिए । उनले आफ्नो फरक मतमा पार्टी जीवनको आन्तरिक लोकतान्त्रिकरण अन्तर्गत विधानमा भएको व्यवस्था अनुसार दुई कार्यकालभन्दा बढी समय पदाधिकारी हुन नपाउने कायम गर्नुपर्ने, ७० वर्षे उमेर हद कायम राख्नुपर्ने, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता विधान बमोजिम भएकाले त्यसलाई स्वीकार गर्नुपर्ने, पार्टीका कमिटी प्रणालीहरू लोकतान्त्रिक मान्यताअनुसार स्वीकार गर्नुपर्ने र जनवर्गिय सङ्गठन र पार्टी कमिटीमा मनपरी चल्ने व्यवस्थाको अन्त्य हुनुपर्ने उल्लेख छ ।
‘समग्रमा जनताको बहुदलीय जनवाद नै छाड्नेजस्तो देखिएको छ त्यसो हुनुहुँदैन भन्ने मेरो मत रहेको छ’, थापाको भनाइ छ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन शुक्रबारबाट सुरु हुँदैछ । विधान महाधिवेशनमा विद्या भण्डारीको विषय पेचिलो बन्ने देखिएको छ ।
यता नेताहरू ईश्वर पोखरेल, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पनि विधान महाधिवेशनमा फरक मत लैजाने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण