कर्मचारी समायोजनमा भएको कमजोरी सच्याउन पहल गर्छु: देउवा
सारांश
- शेर बहादुर देउवाले कर्मचारी समायोजनमा भएको कमजोरी सच्याउन पहल गर्ने बताए।
- उनले कर्मचारीका जायज समस्यालाई सरकारसमक्ष पुर्याउने बताए।
- देउवाले सुशासनको लागि इमानदार कर्मचारी आवश्यक रहेको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कर्मचारी समायोजनमा भएको कमजोरी सच्याउन पहल गर्ने बताएका छन् ।
नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा सभापति देउवाले निजामती विधेयकमा कर्मचारीका सरोकारका विषयलाई पार्टीले गम्भीरतापूर्वक लिएको भन्दै कर्मचारी समायोजनमा भएको कमजोरी सच्याउन पहल बताए ।
कर्मचारीतन्त्र स्थायी सरकार भएकाले कर्मचारीका जायज समस्यालाई सरकारसमक्ष पुर्याउने उनले बताए ।
उनले कर्मचारीलाई विश्वासमा लिएर उच्च मनोबल बनाउन सके देशको विकासमा थप सहजता पुग्ने धारणा राखे । सबल र सक्षम निजामती सेवा बनाउन ट्रेड युनियनहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै सभापति देउवाले विगतका कमी कमजोरीलाई सुधार गरेर सरकारले दिने हरेक सेवा चुस्त र दुरुस्त बनाउन क्रियाशील हुनुपर्नेमा जोड दिए ।
त्यस्तै उनले हरेक निकायमा इमानदार र कर्तव्यनिष्ठता कर्मचारी भए मात्र सुशासनको प्रत्याभूति हुन सम्भव हुने धारणा राखे । कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण