बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सडक विभागमा ठुलो हेरफेर : ५६ सिडिईको सरुवा

बिहीबार, १९ भदौ २०८२, १९ : ३८
बिहीबार, १९ भदौ २०८२

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ठुलो सङ्ख्यामा कर्मचारी सरुवा गरेकाे छ । सडक विभागका नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूहका ५६ जना राजपत्राङ्कित द्वितीय श्रेणीका सि.डि.ई. (सिनियर डिभिजन इन्जिनियर) को सरुवा गरिएकाे हो ।

मन्त्रालयले बुधबारको निर्णयअनुसार देशका विभिन्न सडक आयोजना तथा कार्यालयहरूमा उनीहरूलाई खटाइएको जनाएको छ । 

मन्त्रालयको निर्णयानुसार विभिन्न सडक डिभिजन, पुल सेक्टर, आयोजना निर्देशनालय तथा सडक विभागका महत्त्वपूर्ण शाखाहरूमा इन्जिनियरहरूलाई खटाइएको छ । 

यस सरुवामा ठुला राष्ट्रिय गौरवका आयोजनादेखि निर्माणाधीन सडक परियोजनाहरूलाई प्राथमिकता दिइएको देखिन्छ ।  

रामकुमार देव सडक डिभिजन धनकुटाबाट सेती राजमार्ग (दक्षिण खण्ड) टिकापुर लोडे थामलेक सडक योजनामा सरुवा भएका छन् । मेघराज मरासिनी सडक सुधार तथा विकास योजना कार्यालय, काठमाडौँबाट कान्ती राजमार्ग सडक योजनामा खटाइएका छन् । 

राजेन्द्र प्रसाद साह सडक डिभिजन, विराटनगरबाट सडक डिभिजन धनकुटामा पुगेका छन् । सडक विभागका शिव लाल दाहाललाई कालीगण्डकी कोरिडोर (गैँडाकोट राम्दी मालढुंगा सडक योजना) को योजना प्रमुखको जिम्मेवारी दिइएको छ । 

काठमाडौँ चक्रपथ सडक विस्तार योजनामा कार्यरत कृष्ण नाथ ओझालाई गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेशी रसुवागढी सडक योजनामा खटाइएको छ । 

पुल सेक्टर, नेपालगञ्जमा रहेका आशिष थापा मगरलाई पुल सेक्टर, धरानमा सरुवा गरिएको छ । सडक विभागका अविमन दास मुल्मीलाई पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, दैलेखमा जिम्मेवारी दिइएको छ । 

अमित कुमार श्रेष्ठ सडक डिभिजन, चरिकोटबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमै सरुवा भएका छन् । सञ्जय कुमार मिश्र गुणस्तर अनुसन्धान तथा विकास केन्द्रबाट पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, पाँचथरमा खटिएका छन् ।

बलिवराज मल्ल पुल सेक्टर, सुर्खेतबाट सडक डिभिजन साँफेवगरमा पुगेका छन् ।  ज्ञानेन्द्र प्रसाद कलौनी पुल सेक्टर पोखराबाट सडक विभाग पुल र विकास सहायता कार्यान्वयन महाशाखामा कामकाज गर्ने गरी सरुवा भएका छन् ।

यस सरुवा प्रक्रियामा मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्ग, कालीगण्डकी कोरिडोर, नागढुङ्गा मुग्लिङ सडक योजना, कमला ढल्केवर पथलैया सडक योजना, मिचैंया कटारी घुर्मी सडक योजना लगायतका राष्ट्रिय महत्वका परियोजनाहरूमा नयाँ इन्जिनियरहरूलाई जिम्मेवारी दिइएको छ । 

हेर्नुस् सूची

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप