सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय रास्वपाले प्रतिवाद गर्ने
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
- पार्टीले यस निर्णयलाई अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सञ्चार अधिकारको अवरोधको रूपमा लिएको छ।
- रास्वपाले सरकारको कदमलाई नागरिक अधिकार खोस्ने र संवैधानिक वैधतामाथि प्रश्न उठाउने कार्यको रूपमा टिप्पणी गरेको छ।
काठमाडौँ । नेपाल सरकारले सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने निर्णय गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर चिन्ता व्यक्त गरेको छ । पार्टीले यस निर्णयलाई अभिव्यक्ति स्वतन्त्रता, नागरिकको सञ्चार अधिकार र सूचना प्रवाहमा गम्भीर अवरोध मानेको छ ।
पार्टीले एक विज्ञप्ति जारी गर्दै भनेको छ-'सामाजिक सञ्जाल आजको डिजिटल युगमा केवल मनोरञ्जन वा व्यक्तिगत प्रयोगका लागि मात्र नभई, नागरिकको मौलिक हक, विचार-अभिव्यक्ति, व्यवसाय, शिक्षा, अनुसन्धान र सूचना आदान-प्रदानको प्रमुख माध्यम बनेको छ । यसलाई एकपक्षीय रूपमा बन्देज लगाउनु जनताको हक अधिकारमाथि प्रत्यक्ष प्रहार हो ।'
रास्वपाले अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक समाजको मेरुदण्ड भएको र यसलाई नियन्त्रण गर्ने, बन्देज गर्ने वा सङ्कुचित गर्ने कार्य भएको भन्दै आपत्ति प्रकट गरेको छ ।
'नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्ति स्वतन्त्रतालाई र धारा १९ को सूचना तथा सञ्चारको हकलाई मौलिक हकमा प्रत्यक्ष रूपमा प्रत्याभूत गरेको छ । यसैविपरीत नागरिकलाई दिएको संवैधानिक अधिकार खोस्ने सरकारको यसप्रकारको कदमले संवैधानिक वैधतामाथि नै प्रश्न उठाएको छ', विज्ञप्तिमा भनिएको छ ।
नागरिक अधिकार कुण्ठित गर्ने निर्णयको कडा प्रतिवाद गर्ने पनि पार्टीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण