एमालेको दोस्रो विधान महाधिवेशन उद्घाटन (तस्बिरहरु)
सारांश
- एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरमा सुरु भएको छ ।
- महाधिवेशनमा 'निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य' नारा रहेको छ ।
- महाधिवेशनमा राजनीतिक प्रतिवेदनसहित विभिन्न दस्तावेज र विधान संसोधन प्रस्ताव प्रस्तुत हुनेछन्।
ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन सुरु भएको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित महाधिवेशन सुरु भएको हो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज ललितपुरको सनराइज सभा हलमा महाधिवेशनको उद्घाटन गरेका छन् ।
_crUpPTMODU.jpg)
ललितपुरको गोदावरी मूल सडकदेखि सभा हल छिर्ने प्रवेशद्वारसम्म महाधिवेशन प्रतिनिधि, पर्यवेक्षकलगायतलाई स्वयंसेवकहरूले व्यवस्थापन तथा सहजीकरण गरिरहेका छन् । महाधिवेशन हलमा ठूलो डिजिटल बोर्ड अगाडि १८ पदाधिकारीका लागि कुर्ची व्यवस्थित गरिएको छ । दुवैतिर पार्टीको झण्डा र राष्ट्रिय झण्डाले मञ्च सजाइएको छ ।
_Vam5X8MysS.jpg)
मञ्चको दायाँ, बाँया टुँडाल शैलीमा साना डिजिटल बोर्ड राखिएका छन् । यसका साथै मञ्चको बाँयातिर पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको तस्बिर राखिएको छ । दाँयातिर कार्ल माक्र्स, एङ्गेल्स र लेनिनका तस्बिर राखिएका छन् ।
_5PhMLeZsvP.jpg)
महाधिवेशनमा आज राजनीतिक प्रतिवेदनसहित विभिन्न दस्तावेज र विधान संसोधन प्रस्ताव प्रस्तुत हुनेछ । महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरी कुल दुई हजार ३४१ जनाको सहभागिता रहेको एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।
_ihIm3a2u2a.jpg)
_H311bZrin7.jpg)
_l4ccgdtv8l.jpg)
_PYUHf2IjtE.jpg)
_R5B8rLMSQl.jpg)
_X6eoxwaRJj.jpg)
_0C4Pl9zzY5.jpg)
_tlzeGbx2HO.jpg)
_daE1tRAINy.jpg)
_cPPk7WaaC9.jpg)
_FiWHbZLGdB.jpg)
_0V6rBnpDgs.jpg)
_CA9a2KsNGf.jpg)
_xFdA35Bssr.jpg)
_lFZwBKh253.jpg)
_E0dttOEPLX.jpg)
_OETHxB9nd9.jpg)
_BNO56Q6FYb.jpg)
_xa4pGc17xP.jpg)
_dng4G2Jpf3.jpg)
_xbdWIJtrlE.jpg)
_2ePi9DMCY8.jpg)
_2kCBk0OLOQ.jpg)
_G0Icx5ASTT.jpg)
_j4D1QPFkdw.jpg)
_43KZblxrrF.jpg)
_zVmufg0ZWW.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण