बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
खेलकुद

इन्डो-नेपाल करातेमा अन्भीलाई दोहोरो स्वर्ण

शुक्रबार, २० भदौ २०८२, २० : १९
शुक्रबार, २० भदौ २०८२

सारांश

  • अन्भी शाहीले इन्डो-नेपाल कराते प्रतियोगितामा दोहोरो स्वर्ण जितिन्।
  • अन्भीले महिला २०-२५ केजी तौल समूह र ८-९ वर्ष उमेर समूहमा स्वर्ण जितिन्।
  • प्रतियोगितामा नेपाल र भारतका खेलाडीहरूको सहभागिता रहेको थियो।

काठमाडौँ । नेपालकी अन्भी शाहीले इन्डो–नेपाल कराते प्रतियोगिताको पहिलो दिन शुक्रबार दोहोरो स्वर्ण जितेकी छिन् । अन्भीले महिला २०–२५ केजी तौलसमूह र ८–९ वर्ष उमेरसमूहमा स्वर्ण जितेकी हुन् ।

बनस्थलीस्थित आयोजक समृद्धि स्कुलको खेल परिसरमा भएको प्रतियोगिताको २०–२५ केजी तौलसमूहको फाइनलमा अन्भीले नेपालकै माभेवामा लामालाई पराजित गरिन् । नेपालका कृष्टि तामाङ र आश्रिया कार्की तेस्रो भए । 

उमेरसमूहको फाइनलमा अन्भीले नेपालकी अनुष्का महर्जनलाई हराइन् । नेपालकी समृद्धि नेपालले कास्य हात पारिन् । त्यस्तै ४–५ वर्षको महिलामा आर्या महर्जन, ८–९ वर्षको पुरुषमा दिभान्स थापा, १०–१४ वर्षको पुरुषमा अश्विन पुन मगर, १५–१७ वर्षको पुरुषमा प्रिन्स श्रेष्ठ, क्याडेटको महिलामा सुविता गौतम, जुनियर महिलामा बार्बी शर्मा, सिनियर महिलामा बन्दना तामाङ, २०–२५ केजी पुरुषमा प्रमिशसिंह क्षेत्री र ७–८ वर्षको पुरुषमा ऋषि न्यौपाने पहिलो भए ।

पुरुष २५–३० केजीमा सनिश लामा, ४–५ वर्षको पुरुषमा आयान शाही र ८–९ वर्षको पुरुषमा नवाङ फिन्जु शेर्पाले स्वर्ण जिते । बार्बी बाहेक सबै स्वर्ण विजेता नेपालका हुन् । बार्बी भारतकी हुन् ।

प्रतियोगिताको नेपाल प्रिमियर लिग (एनपीएल) टोली काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहियाले एक कार्यक्रमबीच उद्घाटन गरे । सिरोहियाले केही स्पर्धाका पदक विजेतालाई पनि पुरस्कृत गरे ।

काता र कुमुते गरी ४५ स्पर्धा समावेश प्रतियोगितामा २८३ खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक रवि शाहीले जनाए । प्रतियोगितामा नेपालका २५  र भारतका ५ विद्यालयबाट खेलाडी सहभागी छन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप