भारतका प्रधानन्यायाधीश लुम्बिनी भ्रमणमा, बुद्धको मूर्ति उपहार
सारांश
- भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले लुम्बिनीको भ्रमण गरे, यो उनको प्रधानन्यायाधीश भएपछिको पहिलो नेपाल यात्रा हो।
- उनले मायादेवी मन्दिरको अवलोकन गरे र विश्व शान्ति, मानव कल्याणको कामना गर्दै दियो प्रज्वलन गरे।
- गवईले लुम्बिनीको प्रचार-प्रसारमा नेपालको प्रयासको प्रशंसा गर्दै भारतको सहयोग निरन्तर रहने बताए।
बुटवल । भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। प्रधानन्यायाधीश भएपछिको उनको यो पहिलो नेपाल यात्रा हो।
लुम्बिनी प्रवेश गरेपछि गवईलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, सदस्य–सचिव सानुराजा शाक्य, कार्यकारी सदस्य श्याम रोक्का लगायतका अधिकारीहरूले स्वागत गरेका थिए।

भ्रमणका क्रममा उनले मायादेवी मन्दिरको अवलोकन गर्दै सूत्र पाठ गरे। विश्व शान्ति, मानव कल्याण र नेपाल–भारत सम्बन्धको कामना गर्दै उनले दियो पनि प्रज्वलन गरेको लुम्बिनी विकास कोषका सदस्य श्याम रोक्काले बताए।
लुम्बिनीको भ्रमणपछि गवईले लुम्बिनीको गुरुयोजना र विकास निर्माणबारे चासो व्यक्त गरे। उनले लुम्बिनीको प्रचार-प्रसारका लागि नेपालले गरेको प्रयासको प्रशंसा गर्दै यस क्षेत्रमा भारतको सहयोग निरन्तर रहने बताए। यस अवसरमा उपाध्यक्ष डा. लामाले उनलाई बुद्धको मूर्ति उपहार दिएका थिए।
लुम्बिनी विकास कोषले प्रधानन्यायाधीश गवईको यो भ्रमणले लुम्बिनीको धार्मिक र सांस्कृतिक महत्त्व अझ उच्च स्तरमा पुग्ने विश्वास व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण