सिनामंगलसहित विभिन्न स्थानमा चार जना मृत फेला
शनिबार, २१ भदौ २०८२, १६ : ४३
सारांश
- काठमाडौं, पोखरा, कैलाली र तनहुँमा गरी चार जना मृत अवस्थामा फेला परेका छन्।
- काठमाडौंमा एक पुरुष, पोखरामा एक जना र कैलाली तथा तनहुँमा एक-एक जना मृत फेला परेका हुन्।
- प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ र मृतकको पहिचान गर्ने प्रयास भइरहेको छ।
काठमाडौँ । देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन्।
काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित तरकारी बजार नजिकै झाडीभित्र अन्दाजी ३२ वर्षका एक पुरुष शनिबार मृत भेटिएका छन्। मृतकको नाम, थर र ठेगाना खुल्न बाँकी छ।
त्यसैगरी, कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइडस्थित होटल स्पेलेण्डिड भ्युमामा काम गर्दै बस्ने चितवन घर भएका ४३ वर्षीय दुर्गा प्रसाद खनाल आफ्नै कोठामा शनिबार मृत फेला परेका छन्।
कैलालीको मोहन्याल गाउँपालिका–३ स्थित वन कार्यालय नजिकैको सडक छेउमा लम्कीचुहा नगरपालिका–१० का ६३ वर्षीय तारे दमाई शुक्रबार मृत अवस्थामा भेटिएका छन्।
तनहुँको शुक्लागण्डकी नगरपालिका–७ सिद्धबाबा टोलका ४० वर्षीय बिनोद विक पनि शुक्रबार सडक छेउमै मृत अवस्थामा फेला परेका छन्।
यी सबै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण